कालीवहादुर मल्ल, कालिकोट ।
जिल्लाको सदरमुकाम मान्म खाँडाचक्र बजारमा सुविधा सम्पन्न होटल दरवारको उद्घाटन गरिएको छ । कालिकोट जिल्लाको चर्चित पर्यटकीय स्थल कोटदरवारको नाममा सञ्चालन गरिएको होटेल बीहिबार संविधानसभा सदस्य तुलाराज विष्टले उद्घाटन गर्नु भएको हो ।
बिश्वकै सुन्दर पर्यटकीय क्षेत्र मानिएको रारा ताल जाने गेटको रुपमा रहेको कालिकोट जिल्लामा सुविधा सम्पन्न होटेलको आवश्यकता रहेकाले होटेल सञ्चालन गरिएको सञ्चालक सिवप्रसाद पाण्डेले वताउनुभयो । उहाँले होटेल सञ्चालनपछि रारा,पचालझरना,तिलागुफा, बडिमालिका,चुलिमालिका लगाएतका पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकहरुले खाना र वासको राम्रो सुविधा पाउने छन् ।
होटेल उदघाटन समारोहमा खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डे,उपप्रमुख बिजया विष्ट,राजनीति दलका प्रमुख प्रतिनिधि,व्यवसायी,उद्योगी र पत्रकारहरुको सहभागित रहेको थियो ।












प्रतिक्रिया