न्युज अफ नेपाल, काठमाडौँ ।
निर्वतमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । ब्लड प्रेसरमा समस्या देखिएपछि सभामुख महरालाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।
केहि दिन अघि संसद सचिवालयका कर्मचारी रोशनी शाही माथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो ।