न्युज अफ नेपाल, स्याङ्जा
स्याङ्जाको हरिनास गाउँपालिका– ५ बलिथुममा बुधबारराति एक युवकको हत्या भएको छ ।
छ जनाको समूहमा आएका युवाको आक्रमणबाट अन्दाजी २७ वर्षीय महेन्द्रबहादुर आलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय चिसापानीबाट राति नै घटनास्थलमा पुगेको प्रहरी टोली र स्थानीयले हत्यामा संलग्नमध्ये पाँच जनालाई पक्राउ गरिसकेको र एक जनाको खोजीकार्य भइरहेको छ । घटनाका कारण भने खुल्न सकेको छैन ।











प्रतिक्रिया