बेलायतको नेपाली दूतावासमा दशैँको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना सम्पन्न



न्युज अफ नेपाल, काठमाडौँ ।

बेलायतको लन्डनमा रहेको नेपाली दूतावासले दशैँ, तिहार, छठ, म्हपूजालगायत चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ।

नेपालीका प्रमुख चाडपर्वको अवसरमा शनिबार भएको सो कार्यक्रममा सयौं नेपालीहरु दूतावासमा उपस्थित भई एकअर्कामा शुभकामना आदान प्रदान गरे।

कार्यक्रमका प्रमुख अतिथि पूर्वपरराष्ट्र मन्त्री डा. भेषबहादुर थापाले विश्वले प्रगति गरिरहँदा नेपालमा पनि आर्थिक समृद्धिको दिशमामा अघि बढ्नु पर्ने कुरामा जोड दिनुका साथै आज नेपालीले विश्व ढाकेको चर्चा गर्दै नेपाल र नेपालीको प्रगति हुनुपर्ने बताए।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले दूतावासले चाडपर्वका लागि शुभकामना दिँदै राहदानी र भिषा लगायतका सेवाहरु सहज र सुलभ बनाउँने प्रतिवद्धता व्यक्त गरे।

सुवेदीले दूतावासलाई विदेशमा रहेका नेपालीले आफनै घर सम्झने वातावरण सृजना गर्ने कुरामा पनि जोड दिए। ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउँन दूताबासले प्रयत्न गरिरहेको जानकारी दिए । बेलायतबाट करिब एक लाख पर्यटक नेपाल पठाउँन हामीले योजनाबद्ध रुपमा कार्य गरिरहेको सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्