खसोगी हत्यापूर्व हत्याराबीचको कुराकानीको रिकर्डिङ वृत्तचित्रमा



लन्डन, (एजेन्सी)। टर्कीस्थित साउदी अरेबियाको वाणिज्य दूतावासमा पत्रकार जमाल खसोगीको हत्या मामिलामा संदिग्धहरूबीच उनी आउनुअगाडि ‘डरलाग्दा’ जोक सुनाउँदै र उनको शरीर छिन्नभिन्न गर्ने कुरा भइरहेको सुनिएको थियो। संयुक्त राष्ट्रका जाँचकर्ताहरूका अनुसार उनीहरूको वार्ता एक टेपमा रिकर्ड भएको छ।

जाँचमा सहयोग गरिरहेकी बेलायती वकिल हेलना केनेडीले टर्कीस्थित साउदी अरेबिया दूतावासको रिकर्डिङ सुनेको बताएकी छन्। उक्त कुराकानीमा खसोगीलाई ‘बलीको बोका’ बताइएको थियो।

उनले एक टेलिभिजन वृत्तचित्रलाई भनिन्– ‘उनीहरू उनको शव ब्यागमा अट्ला वा नअट्ला भन्ने विषमा चर्चा गरिरहेका थिए।’ टर्कीमा एक फोरेन्सिक प्याथेलोजिस्टलाई खसोगी हत्याको आशंकामा गिरफ्तार गरिएको थियो’, उनले भनिरहेका थिए– ‘जब म शव काटिरहेको हुन्छु, त्यति बेला अक्सर संगीत सुनिरहेको हुन्छु।

कहिलेकाहीं त्यति बेला मेरो हातमा कफी वा सिगार हुने गर्छ।’आफ्नो जीवनमा पहिलोपटक भुइँमा राखेर काट्नुपर्ने भएको र एक कसाईले पनि कुनै जनावरलाई झुन्ड्याएर काट्न इच्छुक हुने ती प्याथोलोजिस्टले बताए।

खसोगीका विषयमा कुरा गर्दै ‘बलीको बोका आएको होरु’ भन्दै उनी हाँसेको सुनिएको उनले बताए। उनीहरू डरलाग्दा जोकहरू भनिरहेका थिए। टर्कीले ४५ मिनेटको उक्त रिकर्डिङ संयुक्त राष्ट्रलाई सुम्पेको र यस मामिलाको छानबिनको आदेश दिइएको थियो।

वासिङ्टन पोस्टमा आबद्ध साउदी पत्रकार खसोगी दूतावासमा आफ्नो तलाक कागजातका लागि आएका थिए। जुन उनकी प्रेमिकासँग विवाहका लागि आवश्यक थियो। तर, उनी त्यहाँबाट जीवित फर्कन पाएनन्। उक्त टेप सुन्नेहरूले खसोगीले आफ्ना संदिग्ध हत्यारासँग भनिरहेको सुनेका थिए– ‘के तिमीहरू मलाई इन्जेक्सन दिन लागेको हो रु’ त्यसको जवाफमा उनीहरूले भने– ‘हो।’

‘त्यसपछि जुन आवास सुनिएका थिए, त्यसले उनी निस्सासिरहेको हो भन्ने थाहा हुन्छ। सायद उनको टाउकोलाई प्लास्टिक ब्यागले छोपिएको थियो’, केनेडीले भनिन्– ‘मैले रिकर्डिङमा के सुनें भने, यो एक कुकुर हो, यसमा यसको टाउको छिराउ, बलात्कार गर, बलात्कार।’

प्रतिक्रिया दिनुहोस्