पेरूका अन्तरिम राष्ट्रपतिद्वारा राजीनामा



लिमा, (एजेन्सी)। विपक्षी राजनीतिक समूहको अन्तिरिम नेता बन्ने प्रस्ताव अस्वीकार गर्दै पेरूका उपराष्ट्रपति मर्सेदेस आरोजले बुधबार पदबाट राजीनामा दिएकी छिन्। उनले आफ्नो कदमको कारण मुलुकमा नयाँ आम निर्वाचन हुने वातावरण बन्ने आशा आफूले गरेको बताएकी छिन्।

उनले देशको संविधानको नीति नियम भंग भएको तथा गम्भीर संस्थागत संकट देखिएको भनेकी छिन्। सोमबार राष्ट्रपति मार्टिन भिज्कार्राले कंगे्रस भंग गरेका थिए। तर, विपक्षी विधायकहरूले उनलाई निलम्बन गरी आरोजलाई शपथ ग्रहण गराएका थिए।

मंगलबार सशस्त्र फौजले विधायकलाई कंग्रेस प्रवेशमा रोक लगाएको थियो। राजधानी लिमास्थित कंग्रेस भवनमा अहिले पनि करिब २० जना विधायक राष्ट्रपति भिज्कार्राको कंग्रेस विघटन नमान्ने अडान लिएर बसिरहेका छन्। साथै संसद् भवनवरपरका समपूर्ण सडक सुरक्षाकर्मीले नियन्त्रणमा लिएको अवस्था छ।

आरोजले मंगलबार राति पोस्ट गरेको ट्विटरलाई उद्धृत गर्दै अर्गनाइजेसन अफ अमेरिकन स्टेटसले पेरूको संवैधानिक अदालतले कंगे्रस विघटन गर्ने भिज्कार्राको निर्णयको वैधानिकताबारे निधारण गर्नुपर्ने बताएको छ।

आरोजले भने आफ्नो राजीनामापछि चाँडोभन्दा चाँडो चुनावको घोषणा भइदिएर राष्ट्रको हित हुने विचार पोखेकी छिन्।

भिज्कार्राले विपक्षी समूहले आफ्नो भ्रष्टाचारविरुद्धको अभियानमा अवरोध पुर्याएका कारण कंग्रेस विघटन गर्न बाध्य भएको बताएका थिए।

त्यसपछि विपक्षीको बहुमत भएको कंग्रेसले भज्कार्राको निलम्बनको पक्षमा मतदान गरेर अरोजालाई निमित्त राष्ट्रपति घोषित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्