कास्मिर समस्या समाधान शान्तिपूर्ण तरिकाबाट हुनुपर्छ : महाथिर



न्युयोर्क, (एजेन्सी)।मलेसियका प्रधानमन्त्री महाथिर बिन मोहम्मदले संयुक्त राष्ट्र महासभालाई गरेको सम्बोधनमा कास्मिर मामिला उठाउँदै यो भारत र पाकिस्तानबीचको मुद्दा भएको र यसलाई शान्तिपूर्ण तरिकाले समाधान गर्नुपर्ने बताए।

१ सय ९३ सदस्य देशका प्रतिनिधिले भरिएको महासभालाई सम्बोधन गर्दै महाथिरले जम्मुकास्मिरमा संयुक्त राष्ट्रको प्रस्तावका बाबजुद त्यहाँ हमला भएको र त्यसको इलाकामाथि कब्जा गरिएको बताए।

उनले भने– ‘त्यस्तो गरिनुका कारण बताइएको तर त्यस्तो गर्नु गलत हो।
यो तनाव सल्टाउन भारतले पाकिस्तानसँग मिले काम गर्नुपर्छ। संयुक्त राष्ट्रको प्रस्तावलाई बेवास्ता गुर्नले यूएनका कुरालाई नजरअन्दाज गर्ने नजिर त स्थापित हुन्छ नै, साथै यो कानुनको शासनको सम्मान नगर्ने बराबर हो।’

महाथिर मोहम्मदले गत वर्ष ९२ वर्षको उमेरमा आम चुनावमा ऐतिहासिक जित हासिल गरी १५ वर्षपछि सत्तामा फर्केका थिए।इजरायली मुद्दामा पनि महाथिरले आफ्नो धारणा स्पष्ट पारेका थिए। हतियार बिक्री जारी रहेमा यो दुई देशबीच तनाव कायम राख्ने कारक बन्ने उनले बताए। यसको उदाहरण इजरायल भएको बताउँदै सबैले शान्तिको मार्गका बारेमा सोच्नुपर्ने उनले बताए।

‘मलेसिया इजरायलको अस्तित्व स्वीकार गर्छ तर जेरुसलम र प्यालेस्टाइन हिस्सामाथिको कब्जालाई आलोचना गर्दछ। हालै मात्र कट्टरपन्थीको मुद्दा उठाइरहेको छ तर दुई मुलुकबीच तनावका कारण मुसलमान र इस्लामप्रति घृणा र हिंसा बढेको छ।’ –उनले भने।

न्युयोर्कमा महाथिर मोहम्मदले पाकिस्तानका प्रधानमन्त्री इमरान खान र टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानसँग पनि भेटघाट गरे।तीनैजना राष्ट्राध्यक्षबीच इस्लामलाई राम्ररी बुझ्न र यसका बारेमा सत्यतथ्य बताउनका लागि एक टेलिभिजन च्यानल बनाउनेमा सहमति गरेका छन्।

महाथिरले सम्बोधनमा शासन प्रणालीलाई लिएर पनि आफ्नो धारणा राखे। तानाशाहीका तुलनामा गणतन्त्र शासन राम्रो पद्धति भएको आफूले मानेको तर गणतन्त्रको शासन काम राख्न सहज हुन्छ भन्ने आफूले नभन्ने उनले बताए।

महाथिरले भने– ‘मलेसियाले युद्धलाई अपराध घोषित गर्न अभियान थालिसकेको छ। हामी यदि एक व्यक्तिको हत्याका लागि सजाय दिन्छौं भने हजारौंलाई मृत्युको मुखमा धकेल्ने काम गर्नेले पनि सजाय पाउनुपर्छ। उनीहरूको महिमा गाउनु राम्रो होइन। हामी आफूलाई सभ्य भनाउन मनपराउँछौं तर हामी वास्तवमा प्राचीन नै छौं।’

प्रतिक्रिया दिनुहोस्