केजरीवालले भाषणका क्रममा बिहारीलाई अपमान गरेपछि विरोध



एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहारवासीबारे बोलेको भाषणबारे विवाद चलेको छ। एक कार्यक्रममा बोल्ने क्रममा उनले दिल्ली सरकारले स्वास्थ्य सेवामा गरेको सुधारबारे बताएका थिए। दिल्ली सरकारले दिल्लीवासीका लागि मात्र नभएर देशभरिकै जनताका लागि सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराएको उनले दावी गरे।

सोही क्रममा उदाहरण केजरीवालले भने, ‘पूरै देशमा यस्तो व्यवस्था कहीँ छैन जुन दिल्लीमा छ। सम्पूर्ण औषधि निशुल्क ! यस्तो छ कि बिहारको मानिस ५०० रूपैयाँको टिकट काटेर दिल्ली आउँछन् र ५ लाखको अपरेसन फ्रिमा गरेर फर्किन्छन्।’

सञ्जय गान्धी मेमोरियल अस्पतालको शिल्यान्यास गर्न केजरीवाल मंगोलपुरी गएका थिए। सोही क्रममा उनले बोलेको कुराले बिहारवासीको मजाक उडाएको भनी आलोचना भएको छ। २०२० मा दिल्ली विधानसभाको निर्वाचन हुँदै छ। प्रतिस्पर्धी दलहरू चुनावी तयारीमा लागेका छन्। केजरीवालको विहारबारेको सो अभिव्यक्तिलाई विपक्षीले विवादको विषय बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्