डुङ्गासहित ५५ बेपत्ता


एडेन । हिन्द महासागरको पूर्वी तटीय बन्दरगाहमा ५५ जना यात्रु बोकेको डुङ्गा बेपत्ता भएको छ । यमनका स्थानीय अधिकारीहरुले डुङ्गा हराएको शनिबार पुष्टि गरेको समाचारमा जनाइएको छ ।

राज्यद्वारा संचालित सवा समाचार संस्थाले संप्रेषण गरेको समाचारमा ५५ जना यात्रु सहित एउटा डुङ्गा बेपत्ता भएको सूचना आफूहरुले प्राप्त गरेको सरकारी अधिकारीहरुले जनाएको उल्लेख गरेको छ ।

उनीहरुका अनुसार सोकोट्रा टापुतर्फ जादै गरेको बेला डुङ्गा बेपत्ता भएको हो । अधिकारीहरुले वेपत्ता भएका यात्रु र डुङ्गाको खोजी भइरहेको बताएका छन् । सिन्ह्वा

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।