दुईदिने स्पाइनल कन्फ्रेन्स नेपालमा सम्पन्न



न्युरो शल्यचिकित्सक समाज नेपाल (नेसोन) अन्तर्गत न्युरो स्पाइन च्याप्टरको आयोजनामा असोज ३ र ४ गते राजधानीमा पहिलो स्पाइन कन्फरेन्स–२०१९ सम्पन्न भयो।

प्राडा अमित थापाले नेपाल, भारत र अमेरिकाका न्युरो सर्जन, अर्थाेपेडिक्स, फिजियोथेरापिस्ट, न्युरो ट्रमा विशेषज्ञ, बाल नशारोग विशेषज्ञ, पार्किन्सन रोग विशेषज्ञलगायत नर्सिङ स्टाफसमेत गरी १ सय जनाको सहभागितामा सम्पन्न सम्मेलनमा ३ देशबीचका सहभागीले एक–आपसमा अनुभव साटासाट गर्ने निकै राम्रो अवसर मिलेको र आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिँदै जिल्ला जिल्लासम्म पनि न्युरो सर्जनको सेवा फैलाउने प्रतिबद्धता नेपालले गरेको छ।

 

सम्मेलनको उद्देश्य नै मेरुदण्ड, नशा र मांशपेशीको उपचारसँग सम्बन्धित पछिल्लो अनुभव आदान–प्रदान गर्ने, शल्यक्रिया र उपचारमा देखिएका चुनौतीका बारेमा छलफल गरी समाधान निकाल्ने गरी विभिन्न विषयका ३० वटा रिसर्च पेपरमा छलफल गर्नुका साथै विभिन्न समूह बनाई समूहगत छलफल, लेक्चर र डमी मोडेलबाट बिरामीको
उपचार तरिका सिकेको राष्ट्रिय ट्रमा सेन्टरका कन्सल्टेन्ट न्युरो स्पाइनल च्याप्टरका अध्यक्ष डा. नीलमकुमार खड्काले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्