डा. सन्दुक रुइत ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ ले सम्मानित



sf7df8f}F, % c;f]h -/f;;_ M k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{noÃ¥f/f sf7df8f}Fdf cfOtaf/ cfof]lht k|wfgdGqL /fli6«o k|ltef k’/:sf/ ljt/0f sfo{qmddf ltnu+uf cfFvf c:ktfnsf lgb]{zs Pjd ;+:yfks 8f ;Gb’s ?OtnfO{ gub ?= kfFr nfv;lxt k|wfgdGqL /fli6«o k|ltef k’/:sf/ k|bfg ug'{x’Fb} /fi6«klt ljBfb]jL e08f/L . t:jL/ M /Tg >]i7

नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइतलाई राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीद्वारा विशेष कार्यक्रमका बीच आइतबार ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ ले सम्मानित गर्नुभयो।

लामो समयको अथक मेहनत र वैज्ञानिक खोजको माध्यमबाट नेत्र चिकित्साको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउनुभएको विशिष्ट योगदानको उच्च कदर गर्दै नेपाल सरकारले नगदसहित डा. रुइतलाई सो सम्मान प्रदान गरेको हो।

तिलगंगा आँखा प्रतिष्ठान स्थापनाकालदेखि आधुनिक मोतियाबिन्दुको शल्यक्रियामा प्रयोग हुने विश्वस्तरीय लेन्स नेपालमा नै उत्पादन गरी संसारभर न्यून मूल्यमा सम्पन्नदेखि सीमान्तकृतसम्मको पहँुचमा पुर्याउँदै आएको छ भने नेपाल आँखा बैंकको स्थापना गरी नानी प्रत्यारोपणमा नेपाललाई आत्मनिर्भर बनाई संसारभर नेपालको ख्याति बढाउन योगदान दिँदै आएको छ।

त्यस्तै विभिन्न अनुसन्धान, शैक्षिक तथा तालिम एवं सर्वसुलभ आँखा उपचार सेवा देशका विभिन्न दुर्गम भागमा पुर्याउँदै आएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अनिलकुमार ठाकुरले छनोट प्रक्रियाको जानकारी दिँदै शुरू भएको कार्यक्रम उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको धन्यवाद ज्ञापनसहित समारोह समापन गरिएको थियो।

नेपाल सरकारका मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विभिन्न मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुख एवं विभिन्न क्षेत्रका व्यक्ति उपस्थित कार्यक्रममा डा. सन्दुक रुइतले छोटो मन्तव्य दिँदै तिलगंगा आँखा प्रतिष्ठान परिवार एवं साझेदार संस्थाहरूलाई धन्यवाद दिनुभयो।

सो कार्यक्रममा नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्यहरू, व्यवस्थापनका सदस्यहरू तथा विदेशीसमेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्