डुङ्गा दुर्घटनामा एकको मृत्यु, सात बेपत्ता


टोकियो । जापानको उत्तरी भेगको समुद्री क्षेत्रमा माछा मार्ने डुङ्गा दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको उद्धारकर्ताहरुले जनाएका छन् । दुर्घटनाग्रस्त उक्त डुङ्गामा रहेका अरु सात जना बेपत्ता भएका छन् ।

किमीमारु नाम गरेको २९ टन वजनको उक्त डुङ्गामा माछा मार्ने आठ व्यक्ति सवार थिए । तटीय सुरक्षाकर्मीका अनुसार होक्काइडोको तटीय क्षेत्रबाट करिब ६४० किलोमिटर टाढा प्रशान्त महासागरमा डुङ्गा दुर्घटनाग्रस्त भएको थियो ।

लामो चुच्चो भएको विशेष प्रकारको माछा मार्न उक्त डुङ्गाको प्रयोग गरिएको थियो । यो माछा पछिल्लो समय जापानको तटीय जलक्षेत्रमा पाउन कठिन हुने गरेको छ ।
रासस/एएफपी

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।