मङ्गल ग्रहमा पहिरो गयाे


न्युज अफ नेपाल, काठमाडौँ । मङ्गल ग्रहमा पहिरो गएको छ । हरेक वसन्त ऋतुमा मङ्गल ग्रहको उत्तरी ध्रुवमा हिमपहिरो जाने गरेको हो। सूर्यको प्रकाश परेपछि त्यहाँ हिमपहिरो जाने गरेको एक अनुसनधानले पत्ता लगाएको छ ।

अमेरिकी अन्तरीक्ष अनुसन्धान केन्द्र नासाले मङ्गल ग्रहमा हिमपहिरो गएको तस्बिर सार्वजनिक गरेको छ । तापक्रम बढ्न जाँदा हिउँमा पग्लिदा पहिरो गएको हो । यसको रङ्ग रातो हुन्छ । पहिरो जाँदा दृश्य निकै रङ्गिन देखिन्छ ।

तस्बिरहरु मङ्गल ग्रहमा प्रवेश गरेको यानले पठाएको हो । नासाले मङ्गल ग्रहमा अनुसन्धानलाई गति दिइरहेको छ । उसले यान अवतरण गराइसकेको छ भने मानवसहितको यान पठाउने तयारी गरिरहेको छ ।
एजेन्सी

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।