ज्याक मा अलिवावाको अध्यक्षबाट हटे



बेइजिंग,(एजेन्सी)।विश्व चर्चित विशाल इ–कमर्श कम्पनी अलिवावाको अध्यक्ष पदबाट मंगलबारदेखि लागूहुने गरी ज्याक माले राजीनामा दिन लागेका छन्।उनको विदाइसँगे यस कम्पनीको एउटा ऐतिहासिक युग समाप्त भएको महशुस गरिएको छ।

ज्याक सन् १९९९ अलिवावाका सह संस्थापक रहेका थिए।छोटो समयमै अपार लोकप्रियता र सफलता हासिल गरेर यो कम्पनी विश्वकै सबैभन्दा ठूलो इनटरनेट फर्ममध्ये एक बनेको थियो।

माको सफलता र रंगीन शेलीका कारण उनी चीनको सबैभन्दा मान्यता प्राप्त व्यावसायी मध्ये एक बनेका थिए।

अब अलिवावाको प्रमुख कार्यकारिणी अधिकारी ड्यानियल झाँगले माको स्थानमा कार्यकारिणी अध्यक्षको कार्यभार समाल्ने भएका छन्।

यस कम्पनीको अन्तर्राष्ट्रिय बजार मूल्य अहिले ४ सय ८० अमेरिकी डलर रहेको छ। अन्तर्राष्ट्रिय आर्थिक पत्रिका फार्बेसका अनुसार मा चीनको सबैभन्दा धनी व्यक्तिमा गनिन्छन्। उनको कुल सम्पत्ति ३८ अर्ब ६० करोड डलर रहेको बताइएको छ।

साथै मा प्रमुख चिनियाँ इनटरनेट व्यवसायीहरूको पहिलो संस्थापक पुस्तामा कम्पनीबाट राजीनामा दिने पहिलो व्यक्ति बनेका छन्।

चिनियाँ प्रविधि टाइटन्समा पुस्तक लेख्ने रेवेक्का फानिनले भनेकी छिन्, मेरो विचारमा ज्याक मा स्थान लिन जोसुकैलाई पनि निकै कठिन हुन्छ।

किनभने उनी निकै विशेष व्यक्तित्व हुन्। उनी चीनको स्टिभ बब्स हुन्। पूर्वी चिनियाँ शहर हाँगझोउको एउटा गरिब किसान परिवारमा जन्मेका मा ज्याकले एक शिक्षकको रूपमा आफ्नो कयरयर शुरू गरेका थिए। उनले ३३ वर्षको उमेरमा पहिलो पटक कम्प्युटर किनेका थिए।

उनी उनलाई सर्चमा वियर टाइप गर्दा कुनै पनि चिनियाँ वियर नदेखेपछि निकै आश्चर्यमा परेका थिए।

कम्प्युटरमा कुनै वशेष ज्ञानै नभएका उनले आफ्नै घरमा साथीसँग मिलेर अलिवावा स्थापना गरेका थिए।

उनले आफ्ना मित्रहरूलाई आफ्नो अनलाई बजारमा लगानी गर्न तयार पारेका थिए। उनले यसअघि पनि दुईवटा कम्पनी चलाउने प्रयास गरिसकेका थिए।

लगानी परामर्श संस्था बीडीए चाइनाका अध्यक्ष तथा मा ज्याबारे पुस्तक लेखेका डनक्यान क्लार्कले अलिवावा उनको तेसो प्रयास भएको उल्लेख गरेका छन्।

चाँडै नै इन्टरनेट व्यापारमा हात हाले पनि एउटा सावरी साधनको मालिक हुनसमेत मालाई केही समय पर्खनु परेको थियो।

केही वर्षभित्रै उनलाई बजारबाट विशाल इ–कमर्श कमपनी बन्न सफल अलिवावाले वित्तिय सेवादेखि आर्टिफिसियल इन्टेलिजेनस सम्मका सेवा उपलब्ध गर्न थालेको छ।

अब पदबाट हटेपछि मा ज्याकले समाजसेवा र शिक्षा क्षेत्रमा आफ्नो योगदान दिन अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्