अनुपको शहरमा आँचल


नायक अनुपविक्रम शाही र नायिका आँचल शर्मा अभिनित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

सार्वजनिक तिम्रो शहर बोलको गीतमा साहिमा श्रेष्ठको स्वर रहेको छ भने दीपक शर्माको संगीत तथा अमर बान्तुको शब्द रचना रहेको छ।

फिल्म निर्देशक वसन्त निरौला निर्देशित यस गीतको म्युजिक भिडियोमा नायिका शर्मा नायक शाहिलाई भेट्न उनको शहर पुगेकी छन्।

आँचलले धेरै कोशिस गरेपछि मात्र अनुपले उनको प्रेम स्वीकारेका छन्। गीतको भिडियोमा आँचलले आकर्षक नृत्यसमेत गरेकी छन्।

भिडियोमा पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ। दिव्य सुवेदीको छायांकन रहेको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन्।

आकर्षक स्थलहरूमा छायांकन गरिएको यस गीतले इन्टरनेटमा रिलिज भएसँगै तारिफ पाइरहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।