एनआरएनए जापानको अध्यक्षको दौडमा ४ जना, अरु धेरै पदाधिकारी भने र्निविरोध



न्युज अफ नेपाल, टोक्यो । विश्वभर नै यतिवेला नेपालीहरु आफ्नो साझा संस्था एनआरएनएको नेता चुन्न लागिपरेका छन्। कोही भने नेता हुने दौडमा लागेका छन्। यतिवेला जसरी हुन्छ उनिहरूको जित्ने दाउ मात्र छ । चाहे त्यो र्छिडकी हानेर होस , या जन सर्मथनमा होस्। चुनावी दौडमा जित्नको लागि यदाकदा मनि र मशल पनि प्रयोग हुने गरेका देख्न र सुन्न पाईने गरेको छ।

जापानमा पनि एनआरएनएको अध्यक्ष हुने दौड शुरु भैसकेको छ। जित्ने यौट्टै भए पनि जित्नैकै लागि धैरै समावेश छन् । यतिवेला एनआरएनए , जापानको अध्यक्षको लागि ४ जनाले आफ्नो उमेद्वारी दर्ता गरेका छन्।अध्यक्ष को भन्ने निर्णयका लागि आगामी ८ तारिक सम्म कुर्नै पर्ने भएको छ । र्निविरोध भएका वाहेक सबै पदहरुको र्निवाचन अनलाईन भोटिङ्गको माध्यमद्वारा ८ तारिक विहान ११ वजेवाट बेलुका ५ वजेसम्म हुने र्निवाचन समितिले जनाएको छ। सबै उमेदवारहरु सहमतिको लागि आफु वाहेक अरु कसैलाई अध्यक्ष मान्न तयार देखिदैनन । अन्तिम समयमा किरण वर्माले भने अध्यक्षको आफ्नो उमेदवारी फिर्ता लिएका छन् ।

वर्तमान कार्यसमितिका अध्यक्ष टासी वांग्दी लामाले पुनस् अध्यक्षमा उमेदवारी दर्ता गरेका छन्।लामाका अनुसार सन २०१७ मा नेतृत्व सम्हाल्दै गर्दा धेरै किसिमका आलोचना र आशंका व्यक्त गर्नेहरु पनि हाल उनको कार्यकालको प्रसंशा गर्दछन् । उनले यो दुई वर्षको अवधिमा जापानमा रहेका विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान तथा माईती नेपालसंगको सहकार्यमा चेलिबेटी बेचबिखन विरुद्दको अभियानमा गरेका केहि प्रयासहरुको थालनी नै उनको कार्यकालको मुख्य जस पाउने कामहरुका रुपमा स्थापित भएको उनको तर्क छ।।त्यहि कामहरुको निरन्तरताको लागि पनि आफुले पुनस् दोर्‍याउन चाहेको लामाको भनाई छ। अवको कार्यकालमा पर्यटन प्रवर्द्दन तथा श्रमिकहरुको सम्बन्धमा थप काम गर्ने उनि बताउछन ।

त्यसै गरि अध्यक्षमा दिनेशकुमार गुरुङ्गले उमेदवारी दर्ता गराएका छन्। एनआरएनए जापानको तेस्रो कार्यकालमा कोषाध्यक्षको भूमिका निर्वाह गरिसकेका गुरुङ अहिले आइसीसी सदस्य पदमा क्रियाशिल रहेका छन् ।एनआरएनए जापानको अध्यक्ष पदमा आफ्नो दावी गरेका गुरुङले जापानमा रहेका सबै नेपालीलाई लक्षित गरी ’नेपाल हाउस’ निर्माण गर्ने र यहाँ रहेका नेपालीहरुको जापान बसाईलाई सहज बनाउन एनआरएनए जापानले सहयोगी भूमिका खेल्ने वातावरण निर्माण गर्ने बताए ।

एनआरएनए जापानका अध्यक्षका अर्का दावेदार देविलाल भण्डारी हुन्। उनले यस अघिको कार्य समिति मा समेत अध्यक्षको उमेदवारी घोषणा गरेका थिए। तर पछि सहमतिका समिति गठन हुने भएपछी उनले टाँसी वांग्दी लामालाई छोडेका थिए। र उनि वरिष्ठ उपाध्यक्षमा रहेका थिए। उनलाई एनआरएनए जापानको भावी अध्यक्षको बलियो दावेदारको रुपमा हेरिएको छ। आफुले गरेको यसअघिको सामाजिक कामहरुको मुल्याङ्कन अवश्य पनि जापानमा रहेका नेपालीहरुले गर्ने र मेरो आत्मविश्वासनै जितको आधार भएको भण्डारीको भनाई छ।

त्यसै गरि एनआरएनए जापानका वर्तमान उपाध्यक्ष शिवप्रसाद पौडेलले पनि अध्यक्षको उमेदवारी दर्ता गराएका छन्।उनि कास्की पोखरा समाज जापानका पूर्व अध्यक्ष समेत हुन्। एनआरएनए मा पारदर्शिता को अभाव भएको भन्दै आफुले पाएको जिम्वेवारी लाई आफुले कुशलता पूर्वक र्निवाह गर्नु नै आफ्नो जितको आधार हुने पौडेलको भनाई छ।

चारै जना अध्यक्षका उमेदवारहरु लामो समय देखी जापान वसेका र जापानमै व्यवशाय गरेका छन्। चुनावका होम्मीसकेपछि कस्ले वाजी मार्छ भन्ने सबैको आआफ्नै अड्कल वाजी छ। टोक्योमा भने आफ्नो पक्षमा माहोल श्रृजना गर्न उमेदवारहरु कोठे बैठकमा एकले अर्कालाई मनाउन लागि रहेका थिए ।

निर्वाचनको पूर्व सन्ध्यामा धेरै पदहरुमा पदाधिकारीहरु र्निविरोध भएका छन् । एनआरएनए आईसिसि सदस्यमा तुल्सीराम खरेल र दण्डपाणी कँडेल र्निविरोध भएका छन् । यस अघिनै महिला उपाध्यक्षमा पनि सविता श्रेष्ठ र्निविरोध चयन भएकी थिइन। उपाध्यक्षमा रामकृष्ण श्रेष्ठले आफ्नो उमेदवारी फिर्ता लिए पछि लक्ष्मण वानियाँ र नारायण खड्का र्निविरोध चयन भएका छन्। यस अघिनै युवा उपाध्यक्षमा नविन न्यूरे र्निविरोध भई सकेका थिए।

त्यसै गरि सचिवमा श्रृजना पाण्डेले आफ्नो उमेदवारी फिर्ता लिएपछि विष्णु प्रसाद घिमिरे र टिकाराम खरेल र्निविरोध सचिवमा चयन भएको र्निवाचन समितिले जनाएको छ। कोषाध्यक्षमा कालिका थापा यसअघिनै र्निविरोध भई सकेकी थिइन। महिला संयोजकमा पनि संगिता अधिकारी र्निविरोध भई सकेकी छिन । कार्य समिति सदस्यमा ९ १ महिला अनिर्वाय ० सहित ८ जना र्निविरोध भएका छन् । राम व खड्काले आफ्नो उमेदवारी फिर्ता लिए पछि उनिहरु र्निविरोध चयन भएका हुन्। र्निविरोध हुनेहरुमा राजेश खनाल , सुपेन्द्र घिसिङ्ग , वावुराम खरेल , महेशकुमार कट् वाल , डिलाराम गैरे , भरत जनवाली , शिवु थापा र जिवनकुमार गुरुङ्ग छन्।

अध्यक्ष सहित र्निविरोध नभएका पदहरुमा मतदानको माध्यमद्वारा चयन हुने छन् । वरिष्ठ उपाध्यक्षमा सरोज कुमार खत्री र अनिता गुरुङ्ग लामा विच मतदानद्वारा र्निणय हुने छ। क्षेत्रिय उपाध्यक्षमा दिपक केसी र नरेन्द्रकुमार वस्नेत विच भिडन्त हुने छ। महासचिवमा पनि वुद्धिराज घिमिरे र जनकविक्रम शाही विच प्रतिस्प्रधा हुने भएको छ। क्षेत्रिय सचिवमा महेश्वर रिसाल र विकास वस्नेत विच प्रतिस्प्रधा हुने छ। त्यसै गरि सह-कोषाध्यक्षमा सचिन श्रेष्ठ र टिकाराम कँडेल विच प्रतिस्प्रधा हुने छ। त्यसै गरि युवा संयोजकमा राजकुमार अधिकारी र राम थापा विच मतदान द्वारानै छिनोफानो हुने छ।

प्रतिक्रिया दिनुहोस्