यमनी विद्रोहीसँग वार्ता भइरहेको अमेरिकी भनाई



साउदी अरब । वासिङ्टनले इरानसँग झुकाब रहेको भनिने यमनी हुथी विद्रोहीसँग यमनमा जारी युद्ध अन्त्यका लागि वार्ता गरिरहेको एक अमेरिकी उच्च अधिकारीले बताएका छन् ।

विहीबार मध्यपूर्व मामिला हेर्ने उपमन्त्री ड्याभिड स्केनकरले भन्नुभयो,“हामीले यमनी विद्रोहीसँग युद्ध अन्त्यका लागि वार्ता गरिरहेका छौँ । यमनमा जारी युद्ध अन्त्यका लागि वार्तामा अत्यन्त निकटमा रहेर छलफल भइरहेको छ ।”

“हामीले हुथी विद्रोहीसँगको वार्ताबाट सम्भवभएसम्म युद्ध अन्त्यका लागि पारस्परिक स्वीकार्य हुने समाधान पहिल्याउन कोशिस गर्नेछौँ ।”

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्