कुख्यात तश्कर समूहको हमलामा चार सैनिक मारिए



बोगोटा,(एजेनसी)। उत्तरी कोलम्वियाको ककेसिया शहर नजिक थापिएको एक एम्वुसमा परेर चारजना सैनिकको ज्यान जानुका साथै अन्य दुईजना घाइत भएको सुरक्षा निकायले बुधवार जनाएको छ। यस सााघासतक आक्रमणको पछाडि गल्फ क्लान नामक शक्तिशाली अपराधिक समुहको हात हुनुपर्ने आशंका गरिएको छ।

गल्फ क्लान र तिनको प्रतिद्वन्द्वी अपाराधिक समुह लोस कापार्रापोसका सदस्यहरूबिच गोली हानाहान भएपछि सो क्षेत्रमा सरकारले सेना तैनाथ गरेको छ। कोलम्वियाबाट लागु औषध तश्करी हुने प्रमुख नाकाको रुपमा कुख्यात यस क्षेत्रको हिंसको स्तर निकै उच्च रहेको बताइएको छ।

कोलमिवयाको सुरक्षा फोजले गल्फ क्लान मुलुककै सबैभन्दा शक्रिशाली आपराधिक समुह भएको दावी गरेको छ। यस समुहको अन्तराृष्टिज्ञठज्ञय संजाल रहेको बताइएको छ। अमेरिकी विदेश विभागले गल्फ क्लानलाई शसस्त्र अत्याधुनिक हतियारले सुसजित अत्यन्तै सहँसात्मक आपराधिक समुहको संज्ञा दिने गरेको छ।

दाइरो एन्तोनियो उसुगा उर्फ ओतोनियल नामक व्यक्रिको नेतृत्वमा रहकेो यो समुह लागु औषध र मानव तश्करी लगायत अवैध सुन खानी संचालन र फिरौति रकम उसुल्ने काममा संलग्न रहेको छ।

अमेरिकी सरकारले ओतोनियलको गिरफतारीमा सहयोग पुर्याउनेलाई ५० लाख अमेरिकी डलर पुरुस्कार दिने घोषणा गरेको छ। सुन खानी र कोका उत्पादन क्षेत्र गल्फ क्लनको हातकबाट फुत्काउन लोस कापार्रासपोसले प्रयास गदै आएको छ। कोलम्वियाली सेनाले अचानक आफ्ना जवानमाथि गल्फ कलानका सदस्यहरूले गोली चलाएको दावी गरेको छ।

लामो समय सम्म गृहयुद्धमा फसेको कोलम्वियाको राजनीतिक स्थिती पनि स्थिर भइसकेको अवस्था छैन। सन् २०१६ को नोभेम्वरमा सरकार र कोलम्वियाकै सबैभन्दा ठूलो लडाकु समुह रिभुलुस्नरी आर्मड फोर्सेज अफ कोलम्विया ( फार्क ) बिच शान्ति समझौतामा हस्ताक्षर भएको थियो।

तर केहि समय अघि फर्कका केहि प्रभाबशाली पूर्व कमान्डरहरूले सरकार विरुद्ध पुन हतियार उठाउन आफ्ना समथकहरूलाई आब्हान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्