भारतमा मैले धेरै इज्जत र माया पाएको थिएँ ः इमरान खान



इस्लामावाद, (एजेन्सी)।पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग जोडिएका आफ्ना संस्मरण साझा गरेका छन्। आफू भारत जाँदा उनले त्यहाँ अत्यन्त सम्मान पाएको इमरानले बताए।कुनै पनि धर्मले अत्याचारलाई अनुमति नदिने र त्यस्तो हिन्दू धर्ममा पनि नभएको उनले बताए।

लाहौरमा सोमबार अन्तर्राष्ट्रिय सिख सम्मेलनमा आफ्नो लामो भाषणमा उनले हिन्दुस्तान, सिख र कास्मिर जस्ता मामिलामा बोलेका थिए। उनले भने– ‘जब म पहिलोपटक क्रिकेट खेल्न हिन्दुस्तान गएको थिएँ, त्यति बेला मैले एक अलग किसिमको मुलुक पाएको थिएँ। त्यहाँ हामीले धेरै नै इज्जत पायौं, माया पायौं।

यो देखेर हामी आश्चर्यचकित भएका थियौं, हामीले यति धेरै घृणा र डरलाग्दो कुरा सुन्दै आइरहेका थियौं। हिन्दुस्तान जसलाई हामी शत्रुको मुुलुक सोच्थ्यौं, त्यहाँ हामीले धेरै इज्जत पायांै र थुप्रै मित्र बने। अहिले पनि मेरा कयौं मित्र छन्।’ त्यसैले प्रधानमन्त्री भएपछि आफूले हिन्दुस्तानसँग राम्रो सम्बन्ध राख्न चाहेको इमरानले बताए।

उनले भने– ‘पहिलो दिन नै मैले हिन्दुस्तानलाई सन्देश दिएको थिएँ कि हामीतर्फ एक कदम बढाएमा हामी दुई कदम बढाउँछौं। नरेन्द्र मोदीसँग फोनमा कुरा गर्दै मैले दुई देशमा समस्या समान छन्।

गरिबी छन्, बेरोजगारी छन् र अत्यन्त ठूलो समस्या जलवायु परिवर्तन छ।’ पाकिस्तानी प्रधानमन्त्रीले कास्मिर समस्या वार्ताको माध्यमबाट हल गर्न सकिने बताए। तर, यसमा भारतका तर्फबाट सधैं सर्त राख्ने गरेको उनले बताए।

इमरान खानले भने– ‘जस्तो कुनै महाशक्ति देश कुनै गरिब देशलाई भन्ने गरेजस्तो, पहिला तिमी यस्तो गर्नू, त्यसपछि हामी अगाडि बढ्छौं। युद्धबाट कुनै समस्याको हल गर्न सकिन्छ भन्ने मेरो दिमागमै छैन, मलाई यो अचम्म लाग्छ। जसले पनि युद्धबाट समस्याको समाधान गर्ने प्रयास गर्छ, उनीहरूको बुद्धि नै छैन, उनीहरूले विश्वको इतिहास पढेकै छैन।

युद्धबाट एक समस्या समाधान गर्नुहुन्छ, अर्काे ४ समस्या निस्कने गर्छ।’ पूर्वक्रिकेटर कप्तानबाट पाकिस्तानको प्रधानमन्त्रीसम्मको यात्रा तय गरेका इमरान खानले भारतमा धार्मिक भेदभावको आरोप लगाए।

उनले भने– ‘भारतले कास्मिरमा २७ दिनदेखि कफ्र्यु लगाइराखेको छ र ८० लाख जनता थुनिएको अवस्थामा छ। विचरा बिरामी तथा बच्चाहरूको के हालत भइरहेको होला। जोसँग मानवता छ, उसले त्यस्तो गर्न सक्छ ? कुनै पनि धर्मले यसको अनुमति दिन्छ ? तपाईं हिन्दुवाद बढ्नूस्।

हिन्दुवादले यस्तो गर्न अनुमति दिन्छ ? यस्तो त्यति बेला हुन्छ जब तपाईं अर्काको धर्मका मान्छेलाई समान ठान्नुहुन्न। कास्मिरी मुसलमान नभएको भए पनि आफूले त्यसमा बोल्ने उनले बताए। तर, भारत सरकारले सञ्चार साधनमाथिको प्रतिबन्ध र सीमित आवागमनले स्थिति बिग्रनबाट रोकेको र जनताको ज्यान बचाउन मद्दत मिलेको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्