बर्नी सेन्डर्सले भने– ‘काश्मिरमा भारतको कदम अस्विकार्य



वासिंगटन, (एजेन्सी)।अमेरिकाका वरिष्ठ नेता तथा डेमोक्र््याटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवारीको दौडमा समावेश रहेका बर्नी सेन्डर्सले काश्मिरमा भारतको पछिल्लो कदम अस्विकार्य भएको बताएको छ। काश्मिरको स्थितिलाई लिएर आफू चिन्तित रहेको पनि उनले बताए।
भमोन्टबाट सिनेटर रहेका सेन्डर्सले सुरक्षाका नाममा काश्मिरमा विरोधका आवाजमाथिको दमनले स्वास्थ्य सेवासम्मको नागरिक पहँुचमा पनि बाधा उत्पन्न भइरहेको बताए।
‘भारतमा कयौं डाक्टरहरूले काश्मिरमा भारत सरकारका तर्फबाट लगाइएको प्रतिबन्धका कारण बिरामीहरू जीवन रक्षाको उपचारसमेत नपाइरहेको बताएका छन्’, –सेन्डर्सले बताए।
अमेरिकामा मुसलमानहरूको एक सम्मेलनमा बोल्दै सेन्डर्सले जम्मु काश्मिरमा सञ्चार सेवामाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउनुपर्ने बताए। अमेरिकी सरकारले अन्तर्राष्ट्रिय मानवअधिकारको समर्थनमा प्रखर भएर बोल्नुपर्नेमा उनले जोड दिए।
एक दिनअगाडि अमेरिकी सांसद एन्डी लेभिनले पनि काश्मिरको मुद्दा उठाउँदै नरेन्द्र मोदी सरकारको कदमको आलोचना गर्दै मोदीले लोकतान्त्रिक म्ूल्य तथा मानवअधिकारमाथि चोट पुर्याएको आरोप लगाएका थिए।यसैबीच एक अमेरिकी थिंक ट्यांकले भारत प्रशासित काश्मिरको स्थितिको असर अफगानिस्तानमा शान्ति वार्तामा पनि पर्न
सक्ने बताए।
कट्टरपन्थी विचारधाराले भारतमाथि नियन्त्रण गरेको छ ः इमरान
उक्त सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि भिडियो कन्फरेन्सिगका माध्यमबाट सम्बोधन गरेका थिए। भारतमा जे भइरहेको, त्यस विषयमा पश्चिमी विश्वलाई अवगत गराउन आवश्यक भएको इमरान खानले जोड दिए।

इस्लामिक सोसाइटी अफ नर्थ अमेरिकाको ५६औं अधिवेशनमा बौल्दै इमरान खानले भने– ‘पश्चिमी विश्वलाई राष्ट्रिय स्वयंसेवक संघका बारेमा बुझ्नु जरुरी छ।’इमरान खानले आफ्नो त्यो बयानलाई पुन दोहोर्याउँदै आरएसएस हिन्दूहरूको नस्लिय श्रेष्ठतामा यकिन राख्ने र भारतबाट मुसलमानलाई नस्लिय सफाया गर्न चाहेको बताए।

इमरान खानले भने– ‘हालैको चुनावमा भाजपाको जितपछि आरएसएस बलियो शक्ति भएर उठेको छ। उनले भने– ‘नाजी पार्टीले एक सानो अत्यन्त व्यवस्थित विचारधारा समूह वास्तवमा एक देशलाई नियन्त्रणमा लिन सक्छ भन्ने प्रमाणित गरेको थियो। भारतमा पनि यही भएको छ। एक कट्टरपन्थी विचारधाराले भारतलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्