पत्रकारको हत्या, राष्ट्रपतिद्धारा अनुसन्धानमा रोक



माल्दिभ्स । माल्दिभ्समा ५ वर्षदेखि हराइरहेका एक पत्रकारको हत्या भएको पुष्टि भएको छ ।अलक्वायदा सम्बद्ध हतियारधारी समूहले पत्रकार अहमेद रिलवानको हत्या गरेको पुष्टि भएको हो । अहमेद २०१४ मा माल्दिभ्सबाट अपहरणमा परेका थिए । अनुसन्धानमा संलग्न अधिकारीले यसबारे जानकारी दिएका हुन् ।

यस घटनाको प्रहरीले अनुसन्धान गर्न खोज्दा तत्कालिन राष्ट्रपति अब्दुल्ला यमनीले अनुसन्धान गर्न रोक लगाइएको बताइएको छ । उनको शव इन्डियन ओसनमा फालिएको अनुसन्धानमा खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस्