विमान प्रशिक्षक आकाशमै बेहोस भएपछि….(भिडियोसहित )



एजेन्सी, प्रशिक्षक आकाशमै अचेत भएपछि एक प्रशिक्षार्थी विमानचालकले अस्ट्रेलियामा एउटा सानो विमानलाई सफलतापूर्वक अवतरण गरेका छन्।

उनलाई विमान उडाउन सिकाउँदै गर्दा उनका प्रशिक्षक बेहोस भएपछि म्याक्स सिल्भेस्टरले हवाई ट्राफिक नियन्त्रकसँग आपत्कालीन सञ्चार गरेका थिए।

पर्थस्थित विमानस्थलका हवाई ट्राफिक नियन्त्रकहरूले उनलाई विमान अवतरण गर्न सहयोग गरेका थिए।

यो घटनापछि धेरैले सिल्भेस्टरको प्रशंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्