नेपाली भाषा बोलेकै कारण विद्यालय निकाला



काठमाडौँ । भारतमा नेपाली बोलेकै आधारमा दुई बालिकालाई विद्यालयबाट निकालिएको छ। भारतको प्रतिष्ठित ऐमिनेंट पब्लिक स्कुलमा पढ्ने दुईजना नेपाली बालिका अवनिाश खड़का र उनकी बहिनी अनुष्का खड़काले आफूलाई नेपाली बोलेकै आधारमा विद्यालबाट निकालिएको बताएका छन्। नर्सरीबाट नै उक्त स्कुलमा पढिरहेका दुई दिदीबहिनी क्रमशस् ८ र ५ मा पढ्छन्।

उनीहरूलाई विद्यालयका अन्य विद्यार्थी र शिक्षकले दुर्व्यवहार गरेको पनि बताए।’ हामीलाई अनावश्यक रूपमा गिज्याइन्छ’, खड्का दिदिबहिनी भन्छन्, ‘हाम्रो पढ्न पाउने अधिकार खोसियो। हामी प्रधानमन्त्रीलाई पत्र लेखेका छौं।’ भारत नेपाललाई आफ्नो मिल्ने छिमेकी राष्ट्र मान्छ। दुई देशबिच आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई लिएर दाजुभाइको रूपमा परिभाषित गर्छ। तर, नेपाली भाषा प्रयोग गरेकै भर विद्यालयबाट विद्यार्थी निकालिएपछि परिभाषामाथि प्रश्न चिह्‍न खडा भएको छ। बालिकाहरूले आफूलाई विद्यालयमा अभद्र व्यवहार गरेको घटना आफ्ना अभिभावकलाई सुनाएका थिए।
अभिभावकले विद्यालयमा सम्पर्क गर्दा तनावको स्थिति सिर्जना भएको पनि बताइएको छ। उक्त घटनापश्चात विद्यालयले विद्यार्थीका अभिभावकहरूले आफूहरूलाई अभद्र व्यवहार गरेको भन्दै आफ्नो बचाउ गरेको छ। तर ती दुई चेली यतिमै मात्र सीमित भएनन्। आफूहरू अन्यायमा परेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफूहरू अन्यायमा पत्र लेखेका छन्। उक्त पत्र लेखेपछि विद्यालयमा हंगामा मच्चिएको छ।

विद्यालयबाट निकालेपछि यसको चौतर्फी विरोध भएको छ। विद्यालय उनीहरूलाई पुन विद्यालय प्रवेशमा रोक लगाएको छ। यस विषयमा जिल्ला शिक्षा अधिकारी मंगेश व्यासले विद्यार्थीलाई अभद्र व्यवहार गरेर विद्यालयबाट निकाल्न नहुने बताए। यस विषयमा आफूले अनुसन्धान गर्ने पनि उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्