यमनमा बमबारी ५० बन्दी मारिए



साना,(एजेन्सी)।साउदी फौजको नेतृत्वमा शनिबार राति यमनको धमार प्रान्तमा भएको हवाई आक्रमणमा कम्तीमा ५० जना जना युद्धबन्दी मारिएको हुथी–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ। सो मन्त्रालयले साउदी अरेबियाको गठबन्धनले युद्धबन्दी राखिएको कारागारमा कम्तीमा सात पटक बमबारी गरेको जनाएको छ।

यस सुरक्षा कारबाहीमा अन्य १ सय जना भन्दा बढी घाइते भएका सुरक्षा सुत्रले पुस्टि गरेको छ। रक्षा मन्त्रालयले घटनास्थलमा भग्नवशेषमा पुरिएका, मृतक वा घाइतेको खोजी एवं उद्धार कार्य जारी रहेको जनाएको छ।घाइते मध्ये अधिकांशको अवस्था अत्यन्त नाजुक रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

यसैगरी हुथी समूहद्वारा सञ्चालित अल–मासिराह टेलिभिजनले धमार प्रान्तस्थित सामुदायिक कलेज परिसरभित्र रहेको युद्ध बन्दीगृहको विभत्स दृश्य प्रशारण गरेको छ।
रेडक्रसका अनुसार यो युद्ध बन्दीगृहका बारेमा रेडक्रस र साउदी गठबन्धन दुवैलाई राम्रोसँग थाहा थियो।

हुथीका अनुसार सरकार पक्षबाट धेरै युद्ध लडिसकेका झन्डै १ सय ७० जना सैनिकलाई केही महिनादेखि उक्त अस्थायी कारागारमा बन्दी बनाएर राखिएको थियो।
साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोही विरुद्ध सन् २०१४देखि हवाई आक्रमण गरिरहेको छ। यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित भइसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्