सेनाको गाडीमाथि आक्रमण



लेबनान । लेबनानी हेजबुल्ला समूहले सीमा क्षेत्रमा आएको इजरायली सेनाको गाडीलाई आइतबार आक्रमण गरी पूर्णरूपमा क्षति पु¥याएको बताइएको छ ।

उक्त समूहका अनुसार गाडीमा रहेका इजरायली सेनामध्ये केहीको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

लेबनानको स्थानीय टेलिभिजन च्यानल अल मानरले हेजबुल्ला समूहलाई उद्धृत गर्दै भनेको छ, “गाडीमा रहेका इजरायली सेनाहरूको मृत्यु भएको र केही घाइते भएका छन् ।”

गाडीमा कति सवार थिए र मृत्यु हुने वा घाइते हुनेको सङ्ख्या भने समाचार तयार पार्दासम्म खुल्न सकेको छैन ।

यसैबीच, हेजबुल्ला समूहको आक्रमणपछि दक्षिणी इजरायलले मारौन अल–रस र यारौन क्षेत्रमा आक्रमण गर्न आफ्नो सेना बाध्य भएको इजरायलले जनाएको छ ।

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्