कश्मीरमा भारतको कदम स्वीकार्य छैनः नेता बर्नी



अमेरिका । अमेरिकाका एक वरिष्ठ नेता तथा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवारीमा उठेका बर्नी स्याण्डर्सले कश्मीरमा भारतको कदम स्वीकार्य नभएको बताएका छन् । बर्नीले आफू कश्मीरको हालतलाई लिएर चिन्तित भएको पनि बताएका छन् ।
वर्मोन्ट शहरबाट सिनेटर बर्नी बर्नीले सुरक्षाको नाममा कश्मीरमा विरोधको आवाज दबाइँदा मानिसहरु स्वास्थ्य सेवाको पहुँचबाट पनि बञ्चित भएको भनेका छन् ।

भारतमा कैयौँ डाक्टरहरुले कश्मीरमा भारत सरकारको तर्फबाट लगाइएको प्रतिबन्धको कारण बिरामीहरुको जीवनरक्षक उपचारसम्म मिल्न नसकेको पनि उनले बताएका छन् ।’

अमेरिकामा मुसलमानहरुको एक सम्मेलनमा बोल्दै बर्नी स्याण्डर्सले जम्मू कश्मीरमा सञ्चार सेवामा लगाइएको प्रतिबन्ध तुरुन्त हटाउनुपर्ने बताए । साथै उनले अमेरिकी सरकारले अन्तर्राष्ट्रिय मानवअधिकारको समर्थनमा प्रखर भएर बोल्नु पर्नेमा जोड दिए ।
एक दिन अघिमात्र अमेरिकी सांसद एन्डी लेविनले पनि कश्मीरमा नरेन्द्र मोदीको सरकारले उठाएको कदमको आलोचना गर्दै मोदीले लोकतान्त्रिक मूल्य र मानवअधिकारलाई चोट पुर्‍याएको बताएकी थिइन् ।

यसैबीच अमेरिकी थिंक ट्यांकले भारत प्रशासित कश्मीरको हालतको असर अफगानिस्तानमा भैरहेको वार्तामा पर्नसक्ने बताएका छन् ।
इस्लामिक सोसाइटी अफ् नर्थ अमेरिका ९आईएसएनए० को ५६ औँ अधिवेशनमा इमरानले भने, ‘तपाईँ पश्चिमी दुनियाँलाई राष्ट्रिय स्वयंसेवक संघ ९आरएसएस० को बारेमा सम्झाउनै पर्छ ।’ भाषणकै क्रममा इमरानले आरएसएसले हिन्दूहरुको नश्लीय श्रेष्ठता कायम राख्ने र भारतमा मुसलमानको नश्ल नै मेटाउन चाहने बताए ।

हालै भएको चुनावमा बीजेपीको जितपछि आरएसएसको मजबुत शक्ति भएर उभिएको इमरानको,भनाई छ ।
नाजी पार्टीले एउटा छोटो व्यवस्थित विचारधाराको समूहले वास्तवमा एक देशलाई नियन्त्रणमा लिन सक्ने साबित गरेको थियो । भारतमा पनि यही भएको हो । एक चरमपन्थी विचारधाराले भारतलाई नियन्त्रणमा लिएको इमरानले भनेका छन । बिबिसि

प्रतिक्रिया दिनुहोस्