सिरियामा ५० विद्रोही मारिए


दमास्कस । भदौ अमेरिकी नेतृत्वको सेनाको आक्रमणमा परी सिरियामा कम्तीमा ५० विद्रोही मारिएका छन् ।

विद्रोही कमाण्डरहरुको बैठक भइरहेको ठाउँलाई लक्षित गरेर आक्रमण भएकाले मृत्यु भएकाहरु पनि अधिकांश कमाण्डर नै रहेका छन् । देशको उत्तरपश्चिमी प्रान्त इड्लीबमा घटना भएको युद्ध अनुगमनकर्ताहरुले जानकारी दिएका छन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राईट्सका अनुसार हुर्रास अल डिन र अन्सार अल तव्हीड समूहको बैठक भएको थियो । यी दुवै समूह अलकायदासँग आबद्ध रहेका समूह हुन् ।

सिरियाली सेनाले गत शुक्रबार युद्धविराम घोषणा गरिसकेको अवस्थामा शनिबार अमेरिकी हवाई आक्रमण भएको हो । सिन्ह्वा

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।