अमेरिकाको टेक्सासमा गोली प्रहार, कम्तिमा पाँचजनाको मृत्यु



टेक्सास । अमेरिकाको टेक्सासमा अन्धाधुन्द गोली चल्दा कम्तिमा ५ जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा १६ जना घाइते भएका छन् ।

ओडेसा सहरको प्रहरीले जनाएअनुसार बन्दुकधारीले सबैभन्दा पहिला ट्राफिक प्रहरीले गाडी रोकेका कारण त्यहाँ गोली चलाएको थियो ।

त्यसपछि एउटा पोस्टल ट्रक लिएर मिडल्याण्ड सहरमा गएर उसले अन्धाधुन्ध गोली चलाएको थियो ।

प्रहरीले निजालाई सिनेमा कम्प्लेक्समा छिरेको बेलामा गोली चलाएर मारेको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति करिब ३५ वर्षको गोरो अनुहारको रहेको छ ।

शनिबार भएको यो घटनाको उद्देश्य प्रष्ट छैन । हिजोको हमलाको चार हप्ता पहिला पनि टेक्सासमा बन्दुकधारीले अल पासो शहरमा गोली चलाउँदा २२ जनाको मृत्यु भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सस गोलाबारीको आफूलाई जानकारी दिइएको बताएका छन् ।बीबीसी

प्रतिक्रिया दिनुहोस्