बिहारमा रक्सी प्रतिबन्धको तीन बर्षपछि पान मसलामा पनि प्रतिबन्ध



काठमाण्डौँ ।  बिहार सरकारले रक्सी प्रतिबन्ध गरको करिब तीन बर्ष पछि पान मसलामा पनि प्रतिबन्ध लगाएको छ । मानव स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गर्दै प्रदेश सरकारले यस्तो फैसला लिएको हो ।

बिहारमा सबै प्रकारकाका पान मसलामाथि राज्य सरकारले पूर्ण रुपमा प्रतिबन्ध लगाएको जनाईएको छ । नीतीश कुमारको सरकारले पान मसलामा १२ महिनाको लागि प्रतिबन्ध लगाएको हो ।

शुक्रबार बसेको स्वास्थ्य विभागको उच्चस्तरीय बैठकपछि उक्त निर्णय गरिएको हो । अब बिहारमा पान मसलाको बिक्री, उत्पादन, भण्डारण, सेवन र ओसारपसार अवैध मानिनेछ ।

बिहारका विभिन्न जिल्लामा प्राप्त पान मसलाको नमुना परीक्षणका क्रममा म्याग्नेसियम कार्बोनेटको मात्रा पाइएपछि प्रतिबन्ध लगाइएको हो । म्याग्नेसियम कार्बोनेटबाट मुटुसम्बन्धी रोग र विभिन्न प्रकारका समस्या निम्तिने गर्दछ ।

बिहार सरकारले तीन वर्षअघि रक्सी पूर्ण रुपमा प्रतिबन्ध गरेको थियो भने अहिले आएर पान मसलामा पनि प्रतिबन्ध लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्