फार्कका पूर्वकमान्डरद्वारा पुनः हतियार उठाउन आह्वान



बोगोटा, (एजेन्सी)।  कोलम्बियाको फार्क लडाकू समूहका पूर्वकमान्डर इभान माक्र्वेजले बिहीबार आफ्ना समर्थकलाई पुनः हतियार उठाउन आह्वान गरेका छन्। करिब तीन वर्षअघि मात्र फार्कले सरकारसंग शान्ति सम्झौतामा हस्ताक्षर गरेको थियो।

सैनिक पोशाकमा बन्दु समउँदै गरेका इभान माक्र्वेजले सो आह्वान गरिरहेको भिडियो सार्वजनिक भएको छ। उनले नयाँ चरणको शसस्त्र आन्दोलन शुरु भएके घोषण गरेका छन्। शान्ति सम्झौताका लागि खटिएका प्रमुख वार्ताकारहरूमध्ये उनी पनि एक हुन्। उनको यो घोषणाले शान्ति प्रक्रियालाई ठूलो प्रहार भएको छ।

उनले ‘जबसम्म लड्ने इच्छाशक्ति हुन्छ , तबसम्म जित्ने आशा रहन्छ ’ भन्ने विचारोत्तेजक नारा लेखिएको व्यानर सामु उभिएर आफ्नो भनाइ पढ्दै गरेको सो भिडियोमा देखिन्छ। उनको वरपर क्याोफ्ल्यागे लगाएका करिव एक दर्जन महिला तथा पुरुष पनि देखिन्छन्।

सो समूहमा अन्य दुईजना वरिष्ठ पूर्व फार्क लडाकू जिसस सान्त्रिक र एल पाइसा पनि देखिन्छन्।आफ्नो तीस मिनेट लामो भाषणमा उनले भनेका छन्– ‘मैले वार्ताका लागि मद्दत गरेको शान्ति सम्झौतामा कोलम्बिायली सरकारले धोका दिएकाले नै मैले पुनः हतियार उठाउन आह्वान गरेको हुँ।’

राज्यको अल्छिपना र वेवास्ताको कारण दुई वर्षभित्र ५ सय जनाभन्दा बढी सामाजिक नेता र १ सय ५० जना गुरिल्ला लडाकूको ज्यान गएको छ। ’ राष्ट्रपति इभान ड्युक्युले कार्यभार सम्हालेयता थुप्रो संख्यामा फार्कका पूर्वसदस्यहरू मारिएका छन्। ’

इभान माक्र्विजले आफ्नो भाषणमा पुराने नाम फार्क– ईपी (रिभुलुस्नरी आर्मड फोर्सेज अफ कोलम्बिया– पिपुल्स आर्मी) धारण गरेको नयाँ गुरिल्ला समूहले फरक नीतिहरू अवलम्बन गर्ने घोषणा पनि गरेका छन्।

उनले अगाडि भनेका छन्, ‘फिरौती रकम असुल्नका लागि अपहरण गर्नछैनौं। वरु वार्ताबाटै जमिन्दारलाई सहयोग समर्थनका लागि मनाउनेछौं। उनको भिडियोको अन्त्यमा जिसस सान्त्रिचले ‘फार्क – इपीअमर रहुन् भन्द ैनारा लगाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्