फ्रेन्च प्रहरीद्वारा भाइरस नियन्त्रित



पेरिस, (एजेन्सी)।‘ साइवरजेन्दार्मेज’ नाम दिइएको फ्रान्सको एक प्रहरी टोलिले विश्वभरिका आठ लाख पचास हजारवटा भन्दा बढी कम्प्युटरमा संक्रमित भएको बताइएको भाइरसलाई अन्ततः नष्ट गर्न सफल भएको बिहीबार सरकारी सूत्रले जनाएको छ।

वात्नेट नामले चिनिने सो भाइरसलाई फ्रान्सबाट नियन्त्रणमा लिइएको हो। यस भाइरसका कारण लाखौं युरोबराबरको हिनामिना र जालसाजी भएको बताइएको छ। विशेष सुराकीको आधारमा फ्रेन्च प्रहरी टोली राजधानी पेरिसकै आसपासको एक निजी सर्भर पत्ता लगाएर नष्ट गर्न सफल भएको हो।

तिनीहरूकै प्रयासबाट सो भाइरसबाट संक्रमित विश्वभरका कम्प्युटरलाई भाइरस मुक्त गरिएको छ। केही समयअघि फ्रान्सको सि ३ एन नामक डिजिटल अपराध विरुद्धको निकायलाई एन्टी भाइरस कम्पनी एभास्टले एउटा निजी सर्भरमार्फत विश्वका १ सयवटा भन्दा बढी मुुलुकका कम्प्युटरमा रेटा डप नामक भाइरस पठाइएको सूचना दिएको थियो।

अधिकारीहरूले त्यसै पेसा बाँडने सन्देशसहितको इमेल, यौनत्तेजक तस्वीरहरू र संक्रमित यूएसबी ड्राइभ्समार्फत सो भाइरस पठाइएको दाबी गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्