पाकिस्तानद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र गजनवीको सफल परीक्षण



इस्लामावाद, (एजेन्सी) ।पाकिस्तानले शक्तिशाली व्यालिस्टिक क्षेप्यास्त्र गजनवीको सफल परीक्षण गरेको छ। भारत प्रशासित काश्मिरबाट अनुच्छेद ३ सय ७०को प्रावधान हटाइएपछि उक्त मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा लगातार उठाउने प्रयासमा लागिरहेका पाकिस्तान र भारतबीचको तनाव नयाँ उत्कर्षमा पुगिरहेको छ।

पाकिस्तानी सेनाका प्रवक्ताको आधिकारिक ट्विटरले यसको पुष्टी गरेको छ। उक्त परीक्षणको एक भिडियो पनि ट्विट गरिएको छ। उक्त ट्विटमा गजनवी क्षेप्यास्त्र २ सय ९० किलोमिटरसम्म प्रहार गर्न सक्ने उल्लेख गरेको छ।

यो क्षेप्यास्त्र कयौं प्रकारको हतियार बोक्न सक्षम छ। यो जमिनबाट जमिनमा प्रहार गर्ने क्षेप्यास्त्र हो। उक्त सफल परीक्षणपछि राष्ट्रपति र प्रधानमन्त्रीले पुरै टोलीलाई बधाई दिएका छन्।

नयाँ क्षेप्यास्त्रको आकार अत्यन्त ठुलो भएको र उसले अत्यधिक तौलका बम बोक्न पनि सक्षम भएको बताइएको छ। तर यसलाई प्रहार गर्नु अगाडि नै नष्ट गर्न सकिने छ किनभने यसलाई लुकाउन सक्दैन। यद्यपि एक पटक प्रहार भएपछि त्यसलाई नष्ट गर्न सहज हुने छैन।

ब्यालिष्टिक क्षेप्यास्त्र आफ्नो इन्धन लिएरै उडान भर्छ र त्यसमा प्रयोग हुने अक्सिजन पनि त्यसैमा रहेको हुन्छ। ब्यालिस्टिक क्षेप्यास्त्र प्रहारपछि यो हावामा एक अर्धचन्द्राकार मार्गबाट अगाडि बढ्छ र जब रकेटसँगको उसको सम्पर्क समाप्त हुन्छ, त्यसमा राखिएको बम गुरुत्वाकर्षको प्रभावले जमिनमा खस्छ। त्यसैले एक पटक प्रहार भएपछि उसको लक्ष्यमा कुनै नियन्त्रण हुँदैन।

ब्यालिस्टिक क्षेप्यास्त्रको प्रयोग आम रुपमा परमाणु बमका लागि हुने गर्छ तर केही मामिलामा परम्परागत हतियारका लागि पनि प्रयोग हुने गर्छ।

 

प्रतिक्रिया दिनुहोस्