दक्षिण कोरियाका पूर्वराष्ट्रपतिविरुद्ध मुद्दा दोहोर्याउन आदेश



सोल,(एजेन्सी) । दक्षिण कोरियाको उच्च अदालतले भ्रष्टाचारको अभियोगमा कारवास सँजाय भोगिरहेकी पूर्वराष्ट्रपति पार्क गेयुन ह्येको सञ्जायको केही भाग छुट्याउँदै उनी विरुद्धको मुद्दा दोहराउन बिहीवार आदेश दिएको छ।

उच्च अदालतले उनीविरुद्धको भ्रष्टाचारको अभियोगमा छुटाछुटै निर्णय हुनुपर्ने भन्दै मुद्दालाई तल्ला अदालतमा पठाएको छ। सन् २०१८ मा आफ्नो पदिय अधिकारको दुरुपयोग र भ्रष्टाचार गरेको अभियोगमा पार्कलाई अदालतले २५ वर्ष लामो कारावास सँजाय तोकेको थियो।

त्यतिबेला दक्षिण कोरियाको सर्वोच्च अदालतले सोही भ्रष्टाचार काण्डको सिलसिलामा अभियोग लगाइएका सामसुङ कम्पनीका उत्तराधिकारी लि जाय योंगको मुद्दा पनि दोहोराउन आदेश दिएको छ।

अदालतले त्यतिबेला राष्ट्रपति पार्ककी पुत्रीलाई सामसुंगले दिएको २८ लाख डलरबराबरका तिनीवटा घोडा दिइएको विषयलाई पनि घुसकै रुपमा हेरिनुपर्ने जनाएको छ। सन् २०१७ मा पाँच वर्ष लामो कारवास सँजाय सुनाइएका लिलाई एक वर्षपछि रिहा गरिएको थियो।

दक्षिण कोरियाली सञ्चार माध्यमले अब फेरी अन्य दुईवटा मुद्दामा पनि दोषी ठहरिएको खण्डमा पार्कलाई अन्तत निकै लामो कारवास सँजाय हुन सकने जनाएको छ। सन् २०१८ को अप्रिलमा पार्कलाई विभिन्न बहुराष्ट्रिय कम्पनीहरूसंग २ करो अमेरिकी डलरभन्दा बढी रकम मागेको अभियोगमा सँजाय सुनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्