संसद् निलम्बनको सिफारिस महारानीद्वारा स्वीकृत



लन्डन, (एजेन्सी)।  युरोपेली संघबाट बेलायत अलगिने ब्रेक्जिटलाई लिएर भइरहेको बहसका क्रममा बेलायतकी महारानीले प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावको समर्थन गर्दै अक्टोबरसम्मका लागि बेलायत संसद् स्थगित गर्न अुनमति दिएकी छिन्।

सरकारले ब्रेक्जिट डेडलाइनको केही दिन अगाडि संसद भंग गर्ने सिफारिस गरेका थिए। सरकारको उक्त फैसलापछि विपक्षले जोनसन ब्रेक्जिटमा छलफल गर्न नचाहेको आरोप लगाएका छन्।

जोनसनले संसद् भंग भएपछि अक्टोबर १४ मा महारानीको भाषण हुनेछ। यसमा एक रोकच एजेन्डाको रुपरेखा तयार हुने उनले बताएका थिए। यसैबीच विपक्षी नेताले महारानीलाई पत्र लेखेर आफ्ना चिन्ता व्यक्त गर्दै तत्काल बैठक बसाउन आग्रह गरेका थिए।

तर जोनसनले भने– ईयू र अन्य मुद्दामा बहस गर्ने विषयमा संसद्सँग पर्याप्त समय छ। नयाँ कानुनको आवश्यक भएको र त्यसका लागि नयाँ र महत्वपूर्ण बिल ल्याइने बताउँदै त्यसका लागि महारानीको भाषण राख्न लागेको जोनसनले बताए।

ईयूको मुद्दामा सांसदहरूको सहभागिता समाप्त पार्न खोजिएको सांसदहरूको आरोपलाई उनले अस्वीकार गरे। सांसदहरूले बे्रक्जिट मामिलामा उनीहरूलाई लोकतान्त्रिक भूमिका निर्वाह गर्नबाट वञ्चित गर्न सक्ने बताएका छन्। प्रधानमन्त्रीको यस फैसलालाई लिएर जोनसनविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्ने पनि बताइएको छ।

गत महिनामात्रै बोरिस जोनसन बेलायतका प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। बेलायतसँग युरोपेली संघसँग ब्रेक्जिट सहमति गराउन असफल भएपछि जुन ७ मा टेरिजा मेले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन्। जोनसनलाई प्रधानमन्त्रीमा चयन गरेपछि सरकारका कयौं मन्त्रीले राजीनामा दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्