बनेपा हेल्थ केयरले दियो एक वर्षमा ४१ हजारलाई उपचार सेवा



मोतीराम तिमल्सिना,काभ्रे । बनेपा हेल्थ केयरले एक वर्षमा शिविर र क्लिनिकमार्फत ४१ हजार जनाले सेवा लिएका छन्। गत वर्षबाट बनेपामा शुरू भएको उक्त हेल्थ केयरले विकट क्षेत्रमा निःशुल्क शिविर आयोजना गरी सेवा उपलब्ध गराएको छ।

निःशुल्क स्वास्थ्य शिविरमा आवश्यक औषधि करिब ११ लाख ५० हजारको निःशुल्करूपमा बिरामीलाई प्रदान गरेको अस्पतालका कार्यकारी निर्देशक जितेन्द्र थापाले बताउनुभयो।

बनेपा हेल्थ केयरले विभिन्न संस्थासँग सहकार्य गरी उक्त संस्थाहरूमा आबद्ध रहेका ४१ हजार सदस्यलाई सम्पूर्ण सेवामा २० प्रतिशत छुट तथा औषधि खरिदमा १० प्रतिशत छुट दिँदै आएको छ। विभिन्न संघ–संस्थासित समन्वय गरेर ती संस्थाका कर्मचारी, सेवाग्राहीलाई विभिन्न शीर्षकमा छुटको व्यवस्था गरेको थापाले बताउनुभयो।

संस्थाले २ घन्टामा थाइराइड, भिटामिन डी थ्रीको रिपोर्ट बिरामीलाई उपलब्ध गराउँदै आएको छ। बनेपा हेल्थ केयरले पहिलो वर्ष पार गरि दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा प्रभावकारी स्वास्थ्य सेवा दिँदै रोगबाट ग्रसित बिरामीलाई ठीक बनाई बिरामीको अनुहारमा खुसी दिन सफल भएको र काभ्रेली जनमानसमा लोकप्रिय हँुदै गएको थापाले बताउनुभयो।

सुलभ शुल्कमा विशेषज्ञ चिकित्सक, अनुभवी स्वास्थ्यकर्मी, अत्याधुनिक मेसिनहरूद्वारा प्रभावकारी स्वास्थ्य सेवासहित चुस्त–दुरुस्त व्यवस्थापन, उत्कृष्ट प्रयोगशाला तथा सुविधासम्पन्न फिजियोथेरापीले पनि सबैको आर्कषण बढ्दै गएको छ।

निःशुल्क स्वास्थ्य शिविर र हेल्थ केयरमा सहभागी ८ हजार २ सय ४० बिरामीलाई निःशुल्करूपमा मधुमेहको जाँच भएको छ। होलबडी चेकअपको मूल्य ५ हजार ५ सयमा विशेष छुटसहित २ हजार ५ सयमा जाँच गरिएको छ भने ३ हजारभन्दा धेरै सेवाग्राहीले उक्त सेवा लिएका छन्।

अहिले सर्ने रोगभन्दा नसर्ने रोगका बिरामीको चाप विश्वमा नै दिन प्रतिदिन बढ्दै गएको विश्व स्वास्थ्य संगठनले नै औंल्याउँदै आएको छ। नसर्ने रोगको मूल कारण खानपान, शारीरिक व्यायामको कमी, शहरिया जीवनशैली तथा अनावश्यक तनावका कारण मुटु रोग उच्च रक्तचाप, मधुमेह, हाड जोर्नीका समस्या बढिरहेका छन्।

यस्ता समस्याबाट बच्नका लागि जीवनशैली कसरी बदल्ने भन्ने बारेमा चिकित्सकहरूद्वारा विभिन्न स्थानमा अन्तरक्रिया राखेको थापाले बताउनुभयो। यसका साथै स्वास्थ्य परीक्षण तथा जनचेतनाका लागि विभिन्न संघ–संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो। काभ्रेका दुरदराज र बनेपामा गरी २१ स्थानमा निःशुल्क स्वास्थ्य शिविरमा करिब ७ हजार १ सय जना बिरामीले स्वास्थ्य लाभ लिएका छन्।

७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक, प्रहरी प्रशासन र काभ्रेका पत्रकारहरूलाई सेवाहरूमा प्रयोगशालामा ५० प्रतिशत, औंषधि खरिदमा १० प्रतिशत र अन्य सेवाहरूमा २० प्रतिशत सम्म छुट

 

 

बिरामीलाई दिएको ओपीडी सेवाबाट आईपीडी सेवा दिने, नसर्ने रोगहरू कसरी बढिरहेको छ यसलाई न्यूनीकरण गर्नका लागि के–के सावधानी अपनाउनुपर्दछ भन्ने बारेमा जनचेतना जगाउने। अन्तरक्रियालाई समुदायमा प्रभावकारी ढंगले अगाडि बढाउँदै लैजाने।

७० वर्षभन्दा माथिका जेष्ठ नागरिक, प्रहरी प्रशासन र काभ्रेका पत्रकारलाई सेवाहरूमा प्रयोगशालामा ५० प्रतिशत, औषधि खरिदमा १० प्रतिशत र अन्य सेवामा २० प्रतिशतसम्म छुट दिने व्यवस्थासमेत गरिएको छ।

साथै डाइटिसियन सेवा सञ्चालन गरी फ्याट एनालाइजर मेसिनद्वारा रोग पत्ता लगाई मोटोपना र विभिन्न रोग लागेको बिरामीहरूका लागि पोषण परामर्श प्रदान गर्ने। गएको वर्षभन्दा अझ सशक्तरूपमा गाउँ–गाउँमा गई बिरामीहरूलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी निःशुल्करूपमा सुगर, पिसाब जाँच गर्ने र आवश्यक औषधि पनि निःशुल्करूपमा वितरण गर्ने।

विशेषज्ञ सेवालाई थप प्रभावकारी बनाउँदै बढाउँदै लैजाने र प्रयोगशालालाई काभ्रे जिल्लाको सर्वाेकृष्ट बनाइने घोषणा गरेको छ। दोस्रो वर्षको अवसरमा हेल्थ केयरले स्मारिका समेत प्रकाशन गरेको छ।

उक्त स्मारिकाको बनेपा नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि लक्ष्मीनरसिं वादेले विमोचन गर्नुभएको छ। वादेले हेल्थ केयरको सेवा राम्रो भएको सेवाग्राहीमार्फत जानकारी पाएको बताउनुभयो।

यति हुँदाहुँदै पनि केयरले अझ बिरामीलाई विशेषज्ञ सेवालाई थप प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो। स्वास्थ्य शिविरलाई अझै जिल्लाका दूरदराजसम्म लगी जनताको सेवा गर्न आग्रह गरेका थिए।

नगरपालिकाले गर्न सक्ने स्वास्थ्यको क्षेत्रमा नगरका जनतालाई दिने सेवामा संस्थासँग हातेमालो गर्ने उहाँको भनाइ थियो। हेल्थ केयरमा नातावाद, राजनीति नगरी निःस्वार्थ भावनाले अगाडि बढेमा संस्थाले लिएको उद्देश्य पूरा हुने नगर प्रमुख वादेले बताउनुभयो।

कार्यक्रममा संस्थाले १ वर्षभित्र गरेका गतिविधिका बारेमा सञ्चालक जितेन्द्र थापाले जानकारी गराउनुभएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रेका अध्यक्ष रघुवर चौ प्रधान, बनेपा नगरपालिका स्वास्थ्य शाखा प्रमुख अञ्जु अधिकारी, डा. रवीन्द्रप्रसाद जभण्डारीलगायतले हेल्थ केयरले दिएका सेवाका बारेमा मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सभापतित्व बनेपा हेल्थ केयरका संस्थापक अध्यक्ष सुजाता अधिकारीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्