व्यवस्थापनमा अब्बल युनिग्लोब कलेज



व्यवस्थापन क्षेत्रमा विश्वबजारमा प्रतिस्पर्धा गर्दै आफ्ना विद्यार्थीलाई अब्बल बनाउन निरन्तर सक्रिय रहेको शैक्षिक गन्तव्य हो – युनीग्लोब कलेज। नेपालको शैक्षिक वृत्तमा ख्यातिप्राप्त, अनुभवी, तथा सफल व्यवस्थापक द्धारा विशुद्ध प्राज्ञिक व्यक्तिहरूको समूहबाट सञ्चालित, पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा बीबीए, बीबीए–बीआई, एमबीए तथा एमबीए– फाईनान्स तहमा अध्ययन अध्यापन हुँदै आएको छ। सन् २००९ मा वानेश्वरमा स्थापना भएको यो कलेज व्यवस्थापन संकायमा उच्च शिक्षा हासिल गर्दै अन्तर्राष्ट्रिय बजारमा आफुलाई स्थापित गर्न चाहने जो कोहीका लागि पहिलो गन्तव्य हो।

करीब ९ रोपनी क्षेत्रफलमा फैलिएको कलेजको पूर्वाधारसँगै रहेका बगैचाहरूले शैक्षिक वातावरणलाई थप उर्जा प्रदान गरिरहेको छ। जहाँ उत्कृष्ट ढंगले पठन पाठन हुन्छ, त्यहाँको उत्पादन निश्चय नै उत्कृष्ट हुन्छ जसले भविष्यमा पाइला पाइलामा सजिलै सफलता चुम्न सक्छ। यही भनाइलाई आत्मसात गर्दै अघि बढिरहेको छ – युनीग्लोब कलेज स्पष्ट भिजन, मिसन तथा उद्देश्य सहित स्थापना भएको कलेज हो। यसका लागि आधुनिक कम्प्युटर ल्याब तथा पुस्तकालयको व्यवस्था छ।

कलेजमा अडिटेरियम हल तथा क्यान्टिनको पनि प्रबन्ध छ। यसका अतिरिक्त विद्यार्थीहरूको खोज तथा अनुसन्धानमा केन्द्रित रहेका जर्नलहरूको प्रकाशनलाई अनिवार्य बनाइएको छ।प्रभावकारी अभिमुखीकरण कार्यक्रम, प्रोजेक्ट वोर्क तथा प्रस्तुति, केस स्टडी प्रतियोगिता, बिजनेस प्लान प्रतियोगिता, उद्यमशिलता विकास कार्यक्रम लगायतलाई निरन्तर प्रभावकारी ढंगले सञ्चालन गर्दै आएको यस कलेजमा विज्ञापन प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता सहित सांस्कृतिक कार्यक्रम र खेलकुद कार्यक्रक पनि आयोजना गरिन्छ। यी सबै कार्यक्रमले विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न ठूलो सहयोग गरिरहेको हुन्छ।
करीब ९ रोपनी क्षेत्रफलमा फैलिएको कलेजको पूर्वाधारसँगै रहेका बगैचाहरूले शैक्षिक वातावरणलाई थप उर्जा प्रदान गरिरहेको छ। जहाँ उत्कृष्ट ढंगले पठन पाठन हुन्छ, त्यहाँको उत्पादन निश्चय नै उत्कृष्ट हुन्छ जसले भविष्यमा पाइला पाइलामा सजिलै सफलता चुम्न सक्छ।
त्यस्तै नियमीत रूपमा व्यवस्थापन क्षेत्रका विज्ञहरू निम्त्याई उनीहरूको अनुभव समेत सुनाइन्छ जसले गर्दा यहाँ अध्ययनरत विद्यार्थीहरूले औपचारिक अध्ययनको समाप्तीसँगै आफूलाई कार्य क्षेत्रमा सबल तथा सक्षम प्रमाणित गर्न सकिरहेका छन्। वित्तिय क्षेत्र सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूमा बाक्लो उपस्थिति तथा उत्कृष्ट ढंगले कार्य सम्पादन गर्ने उनीहरूको अदभूत क्षमताले पनि युनीग्लोबले दिने अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षाको औचित्य पुष्टि भएको छ।
देशबाहिरका प्रतिष्ठित विश्वविद्यालयहरूमा यहाँ अध्ययन पूरा गरेका विद्यार्थीहरूले पाइरहेको सफलता पनि अत्यन्त लोभलाग्दो छ। विश्वका ख्यातीप्राप्त अन्य धेरै विश्वविद्यालय तथा शैक्षिक केन्द्रसँग सहकार्य भएका कारणले गर्दा पनि युनिग्लोब कलेजले दिने शिक्षा थप गुणस्तरीय बन्न पुगेको छ। अमेरिका, बेलायत, क्यानाडा, भारत, वंगलादेश, थाईल्याण्ड, पोल्याण्ड लगायतका मुलुकका चर्चित विश्वविद्यालयहरूसँग सहकार्य गर्दै आएको यस कलेजमा ती विश्वविद्यालयकै प्राध्यापकहरू आएर समेत अध्ययन–अध्यापन गराउने गरेका छन्।
यस कलेजले प्रत्येक वर्ष विश्व र नेपालमा भएका नयाँ र चुनौतीपूर्ण बिषयलाई लिई अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने गर्दछ। यस सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ता लगायत यस कलेजका विद्यार्थीहरूको शोध पत्रहरू पनि प्रस्तुत गर्ने मौका प्रदान गरिन्छ। कलेजका विद्यार्थीहरूलाई विदेशमा अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन समेत पठाईन्छ। एक वर्षमा १६ वटा जर्नल प्रकाशित गर्दछ। यी जर्नलहरूमा विद्यार्थीहरूका अन्तराष्ट्रिय स्तरका अनुसन्धानमूलक लेखहरू प्रकाशित गरिन्छ।
यस कलेजमा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने मानव स्रोत उत्पादन भईरहेको र यहाँ अध्ययन सकिए पछि यहाँका विद्यार्थीहरू कुशल व्यवस्थापकभएको, Market Leader भएको, उद्येमी भएर नेपाली युवालाई रोजगारी दिएको, फाइनान्सको पहुचँ गाउँ गाउँमा पुराएको र आफुले सोचे अनुसारको पेशामा उच्च सफलता हासिल गरिरहेको हुँदा युनिग्लोब कलेज पोखरा विश्वविद्यालयको नमूना र नेपालको व्यवस्थापन शिक्षामा उत्कृष्ट कलेज हुन सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्