‘दूषित मासु खाँदा डायरिया (झाडापखाला), इकोलाई , क्षयरोग, बु्रसेलासिस, एन्थ्रास, जुका पर्ने, आउँ रगतमासी, चर्मरोग, छारेरोग, बान्ता आउने, पातलो दिसा लाग्ने र खान मन नलाग्ने, छाला चिलाउने, फुस्रो हुने, घाउखटिरा आउने आदि हुन्छ । यसबाट ब्रेनसिस्ट, दमलगायतका रोग लाग्न सक्छ ।
दशैंमा मासु खादा ध्यान दिनुस रोगले सताउला । हामी नेपालीको बानी यस्तो छ कि तत्कालै काटेको मासु खाइहाल्ने । त्यसले शरिरमा सबैभन्दा असर गर्न सक्छ । दशैमा अधिकांशले रक्ती, सेकुवा पोलेर, बढी तारेर, भुटन, कचिला, छोयला लगायत काँचो र खरानी भएको मासु खाने बानी छ । उसै खसी र बोकाको मासु त्यहीमाथि कम पाकेको यस्तो मासुले फुड प्वाइजन हुनसक्छ ।
फुड प्याइजनले शरिरमा धरै असर पु¥याउछ । नपाकेको मासु खादा थप रोग लाग्न सक्छ । पशुसेवा कार्यालय ललितपुरका पशु चिकित्सक डा. श्रीजा वाग्लेले डीप फ्रिजमा हालेको वा बढी पकाएको मासु खान सुझाब दिनहुन्छ । भन्नुहुन्छ –दशैंमा मासुको परिकार बढी खाने बानी छ । धेरैले बढी चिल्लो, तारेको,सेकुवा जस्तो हानिकारक परिकार खान्छन् । त्यसले शरिरमा ठुलो असर पार्छ ।
सकभर डिप फ्रिजिङ गरेको मासु खानुहोला । डिप फ्रिजिङ गरेको मासु खादा शरिरलाई केही असर पर्दैन । काट्दा काट्दै ताज मासु खादा फुड प्वाइजन हुने सम्भावना बढी हुन्छ –उहांको भनाई थियो ।
ताजामासुले मात्र रोग बढाउदैन । बिरामी चौपायाको मासु खाला विभिन्न प्रकारको रोग लाग्न सक्छ । खसीबोका वा कुनैपनि चौपाया खरिद गर्दा नाकबाट सिंगान बगेको, ज्वरो आएको, पेट ढाडिएको,फुस्रो खरिद नगर्नुस,चिल्लो चौपाया खरिद गर्दा स्वस्थ्य मासुको स्वाद पाउन सकिन्छ–काठमाडौं महानगरपालिका कृषी तथा पशुसेवा विभागका प्रखुख डा. अवधेश झाले भन्नुभयो ।
दूषित मासु खाँदा डायरिया (झाडापखाला), इकोलाई , क्षयरोग, बु्रसेलासिस,एन्थ्रास,जुका पर्ने, आउँ रगतमासी,चर्मरोग, छारेरोग, बान्ता आउने, पातलो दिसा लाग्ने र खान मन नलाग्ने, छाला चिलाउने, फुस्रो हुने, घाउखटिरा आउने आदि हुन्छ । यसबाट ब्रेनसिस्ट, दमलगायतका रोग लाग्न सक्ने डा. वाग्लेको भनाई छ । विचार नपु¥याई मासु खाँदा यस्ता किसिमका रोग लाग्ने बढी सम्भावना रहने पशु चिकित्सकको वाग्लेको भनाइ छ ।
त्यसैले दशैंमा यस्ता रोग लाग्नबाट जोगिन निरोगी खसीबोका, हाँस कुखुरा, भेंडा,च्याङ्ग्रा,राँगाको मासु खानुपर्छ । पशुचिकित्सक हरुले मासु किन्दादेखि पकाउँदासम्म ध्यान दिनुपर्ने बताउनेगरेका छन् । ‘मासु खरिद गर्दा रोग नलागेको खसीबोका छान्नुस्, पकाउँदा भान्छामा ध्यान दिनुस्–कामपा कृषी तथा पशुपंक्षी विभाग प्रमुख डा.झाले भन्नुभयो । ’ उहाँले दशैंमा राजधानीका बिक्री गर्न ल्याइने केही खसीबोका बिरामी हुने गरेको बताउनुभयो ।
तत्काल बिरामी भएकालाई २४ घण्टा उपचार गर्न सम्भव भए पनि दीर्घ रोग लागेका चौपायालाई उपचार गरेर मासु खान सम्भव नभएको उहाँको भनाइ छ।
दशैंमा धेरै मासुको प्रयोग हुने भएकाले किनेर ल्याएको मासु सय डिग्री तापक्रममा पकाएर खानुपर्ने पशुचिकित्सकको भनाई छ । ताजा मासु तत्काल पकाएर खाँदा कुनै प्रकारको रोग नलाग्ने तर १÷२ घण्टा खुला राखेर पकाउँदा किटाणु छिरेर असर पर्ने सम्भावना रहन्छ । कि त तत्काल होइन भने ४–५ घण्टासम्म फ्रिजमा राखेर पकाएर खाँदा शरीरमा कुनै असर नहुने उनीहरुको धारणा छ ।
दशैंको बेला मासुका विभिन्न परिकारहरू खाने प्रचलन छ, तर अस्वस्थकर मासु खाँदा स्वास्थ्यमा गम्भीर समस्या आउन सक्छ । चाडबाडको समयमा आफ्नो र परिवारको स्वास्थ्यलाई ध्यानमा राख्दै मासु खाँदा निम्न कुराहरूमा विशेष ध्यान दिनुहोला ।
मासु किन्दा मापदण्ड अनुसारको बधशाला भए नभएको हेर्नुपर्छ । काट्ने औजार,पाखाल्ने स्थान,पानीको अवस्था लगायत अध्ययन गरेर मात्र मासु खरिद गर्नुपर्छ । ‘मासु खादा बढी पाकेको राम्रो । काचो मासु त खादै नखानुस चिकित्सकको सल्लाह छ ।
राजधानीको कुरा गर्दा कामपाभित्र मासु परीक्षण गर्र्ने एक जना निरीक्षक पनि छैन । यसो हेरेको भरमा । अनुगमन गरेर यस्तो मासु बिक्री गर्न मिल्ने÷ नमिल्ने बारेमा मात्र भनिदिने गरेको छ । देशैभर सबैभन्दा बढी मासु खपत हुने काठमाडौ हो । दशैंमा करिब १० लाखले मासु खाने गरेको तथ्याङक कामपाको छ । तर कस्तो मासु सेवा गर्ने गरेका छन् भन्ने विषयमा ठोस अध्ययन छैन ।
कामपाले सम्भवतः फुलपातिदेखि राजधानीको विभिन्न स्थानमा चौपाया स्वास्थ्य परीक्षण केन्द्र राख्ने तयारी गरेको छ । खासै खसिबोका नभएको कारण आत्तिएका छैनौं । जब बिक्रि बढी हुन थाल्छ त्यसपछि व्यवस्था गर्नेछौ–विभागीय प्रमुख झाले भन्नुभयो । उहाका अनुसार विगतवर्ष झै योवर्षपनि स्वस्थ्य खसीबोकाको सिङमा हरियो र अस्वस्थ्यको सिङमा रातो लगाउने व्यवस्था गरेको छ ।
गत वर्ष कामपाले चारस्थानमा करिब ५० हजार खसीबोकाको स्वास्थ्य परीक्षण गरेको थियो । यो वर्ष गतवर्ष भन्दा कम परीक्षण हुने सम्भावना छ । कामपाले चौपाया वध गर्ने स्थानको अनुगमन गरिसकेको छ । ‘खसीबोका मात्रै होइन वधशाला, त्यहाँको अवस्थाका बारेमा समेत अनुगमन गर्नेछांै’–उहाँले भन्नुभयो ।
तथ्याङक अनुसार राजधानीमा दैनिक करिब ७ सय ५० हाराहारीमा रागा–भैसी काटिन्छन, १ हजार २ सय जति खसी–बोका काटिने गरेका छन् । कति कुखुरा काटिन्छन भन्ने आँकडानै छैन । दशैमा काटिने खसीबोकाको विषयमा कुनै तथ्याङक छैन । अचम्म, महानगरमा हरेक दिन सयौको संख्यामा पशुपंक्षी बध गरिदा समेत त्यसको कुनै स्वाथ्य परीक्षणनै गरिदैन ।
मासु किन्दा , राख्दा र खादा यसो गर्नुस
ताजा र सफा मासु मात्र किन्नेः खुल्ला रूपमा झिँगा भन्केको ठाउँको मासु नकिन्नुहोस् । सकेसम्म दुईचारदिन फ्रिजमा राखेको मासु किन्नुस ।
रङ र गन्ध हेर्नेः मासुको रङ अस्वाभाविक रूपमा रातो, निलो वा फुस्रो छ र त्यसबाट अमिलो वा दुर्गन्ध आएको छ भने त्यो बासी वा बिग्रिएको हुन सक्छ । मरेको चौपायाको मासु काटेर बेचेको हुनसक्छ । त्यसमा ध्यान दिनुस । सधै किनेको स्थानमा मात्र किन्नुस । खुला रुपमाकाटेको मासु सकभर नकिन्नुस ।
स्वस्थ पशुको मासुः बिरामी वा शंकास्पद पशुको मासु उपभोग गर्नु हुँदैन । सकेसम्म सरकारी अनुमति प्राप्त वा सफा वधशालाबाट मात्र मासु किन्नुहोस् । मासु किन्दा कस्तो औजार प्रयोग गरेको छ । ध्यान दिनुस । पानी र त्यहाँको वातावरण हेरेरमात्र किन्नुस
राम्रोसँग पकाउनेः मासुलाई राम्ररी नपकाई खाँदा त्यसमा भएका हानिकारक ब्याक्टेरिया वा परजिवी (जस्तैः टेपवर्म) शरीरमा प्रवेश गर्न सक्छन् । त्यसैले मासुलाई राम्रोसँग उमालेर वा पकाएर मात्र खानुहोस् । प्रेसर कुकरमा पकाउने बानी बसालांै । सकभर धेरै समयसम्म पकाएको मासु खाऔं ।
काँचो र पाकेको मासु छुट्टै राख्नेः काँचो मासु र पाकेको मासुलाई एउटै ठाउँमा मिसाएर वा एउटै भाँडोमा राख्नु हुँदैन । काँचो मासु काट्ने चक्कु र अचानोलाई राम्ररी धोएर मात्र अन्य खानेकुरा काट्न प्रयोग गर्नुहोस । पकाउने बेलामा काचो मासुलाई पखालेर पकाऔ । फ्रिजमा राखेको मासु ठिकै हुन्छ भनेर खेलाची नगरांै । त्यसलाईपनि पखालेर पकाउने बानी बसालांै ।
धेरै चिल्लो र पिरो नमिलाउनेः दशैंमा धेरै मसला, चिल्लो र पिरो हालिएका परिकारले ग्यास्ट्रिक,अपच र झाडापखाला जस्ता समस्या निम्त्याउन सक्छन् । फुडप्वाईजनबाट जोगिन मासुलाई राम्रोसंग पाकाएर राख्ने बानी बसाल्नुपर्छ । आवश्यकताको आधारमा पिरो प्रयोग गर्नु वेस हुन्छ ।
संतुलित आहारः दशंैमा मासुमात्र नखाआंै मासुसंगै हरियो रागपात, मुला, काक्रो लगायतको सलाद, दही, मही लगायत खानेबानी बसालौं । पाचन प्रणाली बलियो र दशैंमा नबिग्रने बनाउन हरियो सागपातको प्रयोग बढी गरौं ।
प्रशस्त पानी पिउनेः धेरै मासु खाँदा युरिक एसिड बढ्ने वा कब्जियत हुने सम्भावना हुन्छ । त्यसैले दिनभरि प्रशस्त पानी पिउनु आवश्यक छ ।











प्रतिक्रिया