इंग्ल्यान्ड घरेलु मैदानमै पराजित



लन्डन, (एजेन्सी) ।
पहिलो एसेस टेस्ट खेलअन्तर्गत इंग्ल्यान्ड घरेलु मैदान ओभलमा १ सय ४६ रनमा अलआउट भएर पराजित भएको छ ।

अस्टे«लियाले इंग्ल्यान्डलाई ३ सय ९८ रनको लक्ष्य दिएको थियो । तर इंग्ल्यान्डका ब्याटसम्यानहरुले अस्टे«लियाका बलर नाथान लायन र पेट कमिन्ससँग सामना गर्न सकेनन् । जसले गर्दा घरेलु टोली २ सय ५१ रनको लज्जास्पद पराजय बेहोर्न बाध्य भयो । योसँगै अस्टे«लियाले ५ खेलको एसेस सिरिजमा १४ वर्षमा पहिलो पटक इंग्ल्यान्डमा १–० को अग्रता लिएको छ ।

अस्टे«लियाको जितमा अफ स्पिनर लायनले ४९ रन दिएर ६ विकेट लिए भने कमिन्सले ३२ रन खर्चेर ४ विकेट हासिल गरेका थिए । इंग्ल्यान्डको दोस्रो इनिङमा शीर्षस्थ ब्याटसम्यान जेसन रोय र जोए रुटले २८÷२८ रन बनाए । अन्यमा बलर क्रिस वोक्सले ३७ रन बनाएका थिए ।

त्यस्तै टेस्टमा फर्केका अस्टे«लियाका पूर्व कप्तान स्टिभ स्मिथले दुबै इनिङमा शानदार प्रदर्शन गरेका थिए । प्लेयर अफ द म्याच घोषित उनले पहिलो इनिङमा १ सय ४४ रन र दोस्रो इनिङमा १ सय ४२ रन बनाएका थिए । एडबास्टनको मैदानमा अस्टे«लियाले सन् २००१ पछि पहिलो पटक जितेको छ ।

स्कोर संक्षिप्तमा
अस्टे«लियाः २८४ (स्मिथ १४४, ब्रोड ५–८६) र ४८७–७ (स्मिथ १४२, वाडे ११०)
इंग्ल्यान्डः ३७४ (बन्र्स १३३) र १४६ (वोक्स ३७, लायन ६–४९)

प्रतिक्रिया दिनुहोस्