भैंसीले जन्मायो ६ खुट्टे पाडो, भगवान भन्दै दर्शन गर्नेको घुइचो !


रामेछाप ।
सामान्यतया गाई–भैंसीका चार खुट्टा हुने गर्छन । तर कहिलेकाँही प्रकृति अनि विज्ञानको परिभाषा असफल हुन्छ त्यसलाई नैं चमत्कार भन्ने गरिएको छ । यस्तैं, रामेछापमा एक किसानको भैँसीले ६ खुट्टे पाडो जन्माएको छ । मन्थली नगरपालिका वडा नं–४ सालुको गैराथोकका किसान वलकबहादुर आलेमगरले पालेको भैँसीले ६ खुट्टे पाडो जन्माएको छ । अहिले भैँसीले ६ खुट्टे पाडो जन्माएपछि हेर्न जाने हरुको लाइन लागेको छ ।

यसअघि भैसीले ६ वटा खुट्टा भएको बच्चा पाएको नदेखेका गाउँका किसानहरु पाडो हेर्न दैनिक मगरको घरमा आउने गरेका छन् । उक्त पाडो अरु ४ खुट्टे पाडो जस्तै उभिने र सहजै भैसीको दुध खाने गरेको छ । अन्य पाडापाडी जस्तै ६ वटा खुट्टा भएपनि उभिने, हिड्ने र आमाको दुध सहजै खाने गर्दै आएको मगरले जानकारी दिईएका हुन । यसलाई भगवानको बरदान भएको भन्दैं दर्शण गर्न आउँनेहरु पनि उत्तिकैं रहेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।