पूर्वाधारमा प्राथमिकता



कुलबहादुर महर्जन, वडाअध्यक्ष
ललितपुर महानगरपालिका– ७
कुलबहादुर महर्जन ललितपुर महानगरपालिका– ७ का वडाअध्यक्ष हुनुहुन्छ। पाटनको ‘कोर’बस्तीको मौलिक पहिचानका रुपमा चपट, सक्वःभिच्छेबहाल, पिछे, पिलाछे लगायत टोलहरु यही वडामा रहेको छ । करिब ८ हजार जनसंख्या रहेको यस वडामा जनप्रतिनिधि आउने बितिक्कै भएगरेका कार्यहरुको बारे नेपाल समाचारपत्रका लागि सुनील महर्जनले वडाअध्यक्ष महर्जनसंग गरेको कुराकानीको सम्पादित अंशः–

अहिलेसम्म गर्नुभएको मुख्य काम के जस्तो लाग्दछ ?
२०७४ सालमा जेठ दोस्रो सातातिर मैले वडा अध्यक्षको पदभार सम्हालेको थिए ।वडामा जनप्रतिनिधि आउने बितिक्कैे करिब १८ लाख रुपैया“ खर्च हुन नसकेर फ्रिज हुन लागेको सुने ।त्यसपछि वडाको लागि आएको रकम कुनैपनि हालतमा फ्रिज हुनदिन्नुहुन्न भनेर तीब्र गतिमा काम गरे ।डेढ दुई महिनाभित्र यति तीब्र गतिमा काम गर्न सक्नुलाई अहिलेसम्मको महत्वपूर्ण उपलब्धीको रुपमा लिएको छु । १८ लाख मध्ये चपटदेखि सक्वःसम्म ढलानमा १० लाख खर्च गरे ।

ऐतिहासिक मयुरवर्ण महाविहार भिच्छेबहालको डिगी पुनःनिर्माणका लागि ५ लाख रुपैया“ छुट्टयाए । १ लाख रुपैया“ खर्च पिछेको ढल निकास मर्मत गरे । त्यसैगरी डेढ लाख रुपैया“ पाटी बनाउन खर्च गरे ।

० यो त २०७३/०७४ मा गर्नुभएको काम भयो । गत आर्थिक वर्षमा के के कामहरु गर्नुभयो ?
गत आर्थिक वर्षमा दुपाटको लाछीमा इ“टा छाप्ने, भिच्छेबहालमा डिगी पुनःनिर्माण, पिलाछे“मा ढल मर्मतको काम गरे ।

० यस वर्ष सम्पन्न भइसकेका र हुनबाँकी मुख्य योजना के के हुन् ?
वडाको विकासको लागि चालू आर्थिक वर्षमा १ करोड रुपैया“ विनियोजित गरिएको छ ।त्यागल मूल सडकबाट जमुना ननीसम्म ढल निर्माण, धालाछेंमा भत्किएको सरस्वती पाटी निर्माण, बाकुननीस्थित पाटीमा काठको फल्याक निर्माण, पाको महादेव मन्दिरमा दाची इ“टा राख्ने, पिलाछें टोलमा इ लाइबे्ररी सञ्चालन, भिच्छेबहालमा घरघरमा पानी वितरण गर्न पाईप राख्ने, चुनदेवी चौरमा ढुंगा छाप्ने लगायत योजनाहरु यस वर्षका मुख्य योजनाहरु हुन् । ती योजनाहरु काम भइरहेको छ । कति सम्पन्न भइसकेको छ कति बा“की छ ।

यस वर्षको विशेषतः देक्वःचोकदेखि इभरेष्ट बैकसम्म कालोपत्र गर्ने, पिलाछेबाट बालदिक्षा निस्किने बाटो विस्तार,ग्वार्को रिङ्गरोडदेखि पाको महादेवसम्म कालोपत्र गर्न, चपटदेखि पिछेसम्म बाटोमा ढुंगा छाप्न कार्यहरु सम्पन्न हु“दैैछ । यी योजनाहरु वडामा परेका ठूला योजनाहरु हुन् ।

संस्कृति, सम्पदा संरक्षणमा के काम गर्नुभयो त?
सम्पदाको पुनःनिर्माण, संरक्षणसंगै परम्परागत बाजागाजाको तालिम, मौलिक तरिकाले घर निर्माण कार्यलाई प्राथमिकता दि“दै आएको छु ।

वडाबासीको मुख्यतः के कस्तो गुनासो रहेको छ ?
विशेषत वडामा खानेपानीको निकै हाहाकार रहेको छ । खानेपानीको समस्याले सर्वसाधारण जनताले निकै हैरानी खेप्नुपरिरहेको छ। पानीको परम्परागत स्रोत ढुंङ्गेधारा सबै सुकिसकेको छ । त्यस्तै धुलो,धु“वा र फोहोरमैलाको समस्याले जनता निकै हैरान भएका छन् । सिसडोलमा फोहोर फाल्न रोक, वर्षायाममा एकदुई दिन फोहोर उठाउन नसेकमा त्यसले निकै विकराल रुप लिने गरेको छ । अरु समस्या त सामान्य भईहाल्यो नि ।

वडामा कर्मचारीले असहयोग गरेका त्यस्तो केही अनुभव छ ?
अहं, अहिलेसम्म कर्मचारीले पुरै सहयोग गरिरहेको छ ।जनप्रतिनिधि र कर्मचारीबीच समन्वय हुने गरेको छ ।

गाउँगाउँमा सिहदरबार भन्ने नारालाई अहिलेको अवस्थाबाट कसरी स्मरण गर्नुुहुन्छ त?
चुनावताका सबैले गाउ“ गाउ“मा सिहदरबार भनेपनि जनप्रतिनिधिले यसको अनुभूत गर्न सकेको छैन भनेर सर्वसाधारण जनताले कसरी अनुभव गरुन् त ? यो त केवल चुनावी नारामात्र रहेको छ । यस नारामा यर्थाथता कम , भ्रम धेरै रहेको पाए । सिहदबारको अधिकार स्थानीय तह र वडामा पुगेको छैन ।

अहिले पनि सबै अधिकार सिहदबारमै रहेको छ । यो नाराले स्थानीय तहको ठूलो मजाक गरेको छ ।कर्मचारी समायोजन, कानून बनाउने, प्रमुख प्रशासकीय अधिकृत पठाउने सबै अधिकार सिहदरबारमै रहेको छ ।

० ललितपुर महानगरपालिकाले जनताले अनुभूत हुने गरी ठोस काम गर्न नसकेको गुनासो सुनिन्छ ।के गुनासो यर्थाथपरक छ र ?
महानगरपालिको जनताले अपेक्षा गरे अनुसार वा जनताले अनुभूत हुने गरी काम गर्न नसकेको अवश्य हो ।विपक्षी दल(नेकपा) बाट निर्वाचित वडाअध्यक्षको बहुमत भएपनि राम्रा कामहरुमा उहा“ले पर्याप्त सहयोग गरिरहनुभएको छ ।

सबै वडाअध्यक्षका साथ र सहयोग रहेर पनि काम किन अघि नबढेकोमा हामीपनि चिन्तित नै छौं । मेरो विचारमा कर्मचारी संयन्त्रले अपेक्षाकृत सहयोग नगरेकोले महानगरपालिकाले जनताले देखिने गरी काम गर्न नसकेको जस्तो लाग्दछ।हामी जनप्रतिनिधिहरुमा भिजनको कमी भएकोले पनि यस्तो भएको हो कि भन्न महशुस भइरहेको छ ।

० जनप्रतिनिधिको असफलता कर्मचारीको थाप्लोमा हालेर चोखो बन्न खाजेको त होइन ?
होइन, जनप्रतिनिधिले बनाएको नीति, योजना कार्यक्रम कार्यान्वयन गर्ने संयन्त्र भनेको कर्मचारी संयन्त्र हो । हामी नीति, योजना र कार्यक्रममा चुक्यौ कि कार्यान्वयनमा भन्ने समिक्षा गर्ने काम नगरवासीको पनि हो । जनप्रतिनिधि र कर्मचारीलाई पनि नगरवासीको आवश्यकता प्रति जवाफदेही बनाउन जरुरी रहेको छ ।

तपाईको वडा कस्तो भएका परिकल्पना गर्नुभएको छ ?
ललितपुर महानगरपालिका नेपालकै महत्वपूर्ण सांस्कृतिक शहर हो ।यस शहरलाई सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले अघि बढाउने प्रबल सम्भावना रहेको छ । यस कार्यलाई वडा नं ७ ले निकै टेवा पु¥याउन सकिन्छ । अहिले पनि यस वडाको मौलिकता जिवित नै छ ।

यहा“ जीवन्त संस्कृति, पुरानो जीवनशैली हेरेर आनन्द लिन सकिन्छ ।यस वडालाई सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण वडाको रुपमा विकास गर्ने सोच रहेको छ। मूर्त, अर्मूत संस्कृतिको संरक्षणमा उदाहरणीय वडा बनाउने छु । पूर्वाधारको खासै समस्या नभएको वडाको परिकल्पना गरेको छु ।

अन्त्यमा छुटेको केही छ कि ?
जनप्रतिनिधिबाट कहीकतै कमजोरीहरु भए भने खवरदारी जनताले नियमित खबरदारी गर्नुपर्दछ । यसले लोकतान्त्रिक संस्कार बसाल्न सहयोग मिल्छ ।लोकतन्त्र भनेको पा“च वर्षमा एपटक भोट दिएर बा“की समय चप लागेर बस्ने होइन । वडाको विकासको लागि वडाबासीको सल्लाह, सुझाव र सहभागिता चाहिन्छ । वडाबासीको रचनात्मक खबरदारीको हामी सधैं प्रतिक्षामा रहने छौं । वडाबासीको खबरदारी भएन पनि जनप्रतिनिधिमा शक्तिको उत्माद बढ्न सक्दछ ।

प्रतिक्रिया दिनुहोस्