जंगलमा हत्या गरि फयाँकेको एक पुरुषको शव भेटियो



यमलाल भुसाल, बुुटवल ।

रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० सालझण्डी सामुदायिक वनमा एक जना पुरुषको शब फेला परेको छ । अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने पुरुषको शव जंगल गएका स्थानीयले देखेपछि सोमवार दिउसो पौने १२ बजे प्रहरीलाई खबर गरेका थिए ।

खबर प्राप्त गर्न साथजिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यलय सालझण्डीको प्रहरी टोली घटनास्थल पुगेको हो । पुर्व पश्चिम राजमार्ग सडक किनार देखि करिव ४० मिटरउत्तर तर्फको भित्र जंगलको बीचमा सवलाई उत्तानो पारेको र शरिरको विभिन्न स्थानमाचोट रहेको तथा लडाएर छाडिएको अवस्थामा प्रहरीले सवलाई फेला पारेको जनाएकोे छ ।

शवको प्रकृती हेर्दा हत्या गरेर केही दिन अघि फालेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । अहिले शव र त्यस क्षेत्रको मुजुल्का तयार गरि प्रहरीले थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्