कांग्रेस बलियो प्रतिपक्षीका रुपमा प्रस्तुत हुन सकेन: संयोजक मिश्र



विनोद सिंह विष्ट, बैतडी ।
साझा विवकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले अहिले सरकार भष्टाचारको आखडा भएको आरोप लगाउनुभएको छ । भ्रष्टाचार विरुद्धको अभियान अन्तर्गत आज बैतडीको पाटनमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले बर्तमान सरकारले गर्दा नै भष्टाचार मौलाउदै गएको आरोप लगाउनुभएको हो ।विकासको नाममा अनियमितता बढेको छ ।
आफू निकटका मान्छेलाई योजना दिने अनि पार्टीका कार्यकर्ताहरुले नै अनियमितता गर्ने गरेका उहाँको भनाई छ । सम्बृद्धिको नारा दिएर मात्रै देश नबन्ने बताउदै उहाँले काम गरेपछी मात्रै जनताले विश्वास गर्छन उहाँले भन्नुभयो “दुई तिहाईको सरकार भएपनि जनताको अपेक्षाअनुसार काम गर्न सकेको छैन् ।”

विपक्षी दल बलियो रुपमा नउभिदा बर्तमान सरकार भष्टाचारमा लिप्त भएको छ उहाँले भन्नुभयो “प्रमुख प्रतिपक्षी दल कांग्रेस समेत बलियो विपक्षीका रुपमा प्रस्तुत नहुँदा सरकारको मनपरी चलेको छ ।” व्यक्तीगत स्वार्थभन्दा माथी उठेर मातुभुमीको रक्षाका लागी सबैले एकजुट हुनुपर्नेमा संयोजक मिश्रको जोड रहेको छ ।

यही जेठ १ गते कैलालीको टीकापुरबाट शुरु भएको भ्रष्टाचार विरुद्धको अभियान अन्तर्गत मिश्र सहितको टोली बैतडी पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्