प्रदेश १ को बजेट अधिवेशन जेठ १३ गतेका लागि आब्हान



सरोज यादव, विराटनगर ।
प्रदेश नं १ सरकारले प्रदेश सभाको चौथो तथा चालु आर्थिक बर्षको. बजेट अधिवेशन जेठ १३ गते आहन गरेको छ ।
प्रदेश सरकारको आज बसेको मन्त्री परिषद् बैठकले बजेट अधिबेशन एक सातापछि आहन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी मन्त्रीपरिषदको बैठकले प्रदेश लेखा नियन्त्रकको कार्यालयमा कार्यरत स्थायी कर्मचारीहरुलाई कार्यसम्पादन सूचकांकको आधारमा प्रोत्साहन भत्ता दिने,सार्वजनिक खर्चको मापदण्ड,कार्य्िवधी र मितव्ययिता सम्बन्धी निर्देशिका २०७५ मा केही संशोधन गर्न लगायतका निर्णय समेत गरेको छ ।

त्यसैगरी स्रोत सुनिश्चितता र बहुवर्षीय आयोजना सम्बन्धि निर्दे्िशका २०७६ स्वीकृति गर्ने,प्रदेश घरेलु हिंसा सम्बन्धि नियमावली २०७६ लाई स्वीकृति प्रदान गर्ने लगाउतको निर्णय गरेको बैठक पछि सरकारका प्रवक्ता एव आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।

मन्त्री कार्कीका अनुसार मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान समेत गरेको छ भने प्रदेश समन्वय विकास परिषदको बैठक जेठ १७ गते बस्ने गरी मिति समेत तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्