लहान महोत्सव आजबाट सुरु हुँदै, ५० करोडको कारोबार हुने लक्ष्य 



सुभेन्द्र दास लहान ।

सिरहा ,  ‘आफ्नो लहान, समृद्ध लहान’ मूल नारा सहित लहान महोत्सव आजबाट सुरु हुँदैछ । १५ दिनसम्म चल्ने महोत्सवको उद्घाटन आज मध्यान्ह् उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले गर्नेछन् ।

मूल आयोजक समितिको संयोजक तथा लहानका मेयर मुनि साहका अनुसारपशुपति माविको पश्चिम साइडमा लाग्ने महोत्सवको तयारी पुरा भइसकेको छ । महोत्सवमा ५० करोडको कारोबार हुने लक्ष्य छ । साथै ४ लाख दर्शक महोत्सवको अवलोकन गर्ने आयोजकको अनुमान छ ।

लहानको पर्यटन स्थल सलहेश फूलवारी, पकडियागढ, मानिकदह, राजदेवी लगायतका ठाउँमा यही बीचमा भव्य मेला लाग्छ । त्यसैले यि पर्यटकीय स्थलहरुको विकास तथा प्रचारप्रसार र कृषिमा आधुनिकीकरण, शिक्षा, स्वास्थ्य, खेलकुद लगायतको विकासका लागि महोत्सवको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्