बैंगलोरको लगातार छैटौं हार



नयाँदिल्ली, (एजेन्सी)
रोएल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग आईपीएल–२०१९ मा लगातार छैटौं हार बेहोरेको छ।
आइतबार भएको खेलमा विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरलाई दिल्ली क्यापिटल्सले ४ विकेटले पराजित गरेको हो। कप्तान श्रेयश ऐयरले अर्धशतक प्रहार गरेपछि बैंगलौरले दिएको १ सय ५० रनको लक्ष्य दिल्लीले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम दिल्लीले यस सिजन तेस्रो जित हात पारेको हो। बैंगलोरविरुद्धको खेलमा नेपाली युवा खेलाडी सन्दीप मह“गा सावित बने पनि उनले टी–२० क्रिकेटमा ५० विकेट लिने उपलब्धि हासिल गरे। बैंगलोरविरुद्ध भने सन्दीपले ४ ओभरमा ४६ रन खर्चेर १ विकेट मात्र लिए। गत सिजन आईपीएलमा बैंगलोरविरुद्ध नै खेल्दै डेब्यु गरेका सन्दीपले एक वर्षको अन्तरालमा विश्वभरको टी–२० फ्रेन्चाइज्ड लिग खेलिसकेका छन्।

आइतबारको खेलमा कगिसो रवाडाको ४ विकेट अनि कप्तान ऐयरको ६७ रनको मद्दतमा दिल्लीले सिजनको तेस्रो जित हात पारेको हो। ऐयरले ५० बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै पृथ्वी शले २८, कोलिन इनग्रामले २२ र रिषभ पन्तले १८ रन योगदान गरे। बैंगलोरका एद्द सैनीले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन जोडेको थियो। बैंगलोरका लागि घरेलु मैदानमा कप्तान कोहलीले सर्वाधिक ४१ रन बनाए। मोइन अलीले ३२ रन जोडे। दिल्लीका रवाडाले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए। यस्तै क्रिस मोरिसले २ विकेट लिए।

यस सिजन पा“च टिमले समान ६ अंक जोडेका छन्। रनरेटका आधारमा दिल्ली ६ खेलबाट ६ अंकका साथ पा“चौं स्थानमा छ। ५ खेलबाट ४ जितसहित ८ अंक जोडेको चेन्नई सुपर किंग्स शीर्ष स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्