नेपाली सेनाद्धारा खानेपानी ट्याङ्की निर्माण



नेपाल समाचारपत्र, पाल्पा ।

खानेपानीको समस्या भोग्न बाध्य सदरमुकाम तानसेनबासी र पर्यटकलाई मध्यनजर गर्दै नेपाली सेनाले जिल्ला सदरमुकाम तानसेनमा खानेपानीको ट्याङकी निर्माण गरेको छ ।

पाल्पा घुम्न आउँदा चरम खानेपानीको समस्या भोग्न बाध्य पर्यटकको समस्या समाधानको लागि नेपाली सेनाको पाल्पा स्थित गोरखदल गणले पाल्पा दरबार संग्रहालय नजिक २ हजार लिटर क्षमताको खानेपानी ट्याङकी निर्माण गरिदिएका हो ।

यससँगै पाल्पा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु लाभान्वित भएका छन । दुई हजार लिटर क्षमताको खानेपानी ट्याङकीको निर्माण पछि सेनाको प्रयासको प्रशंसा समेत भएको छ ।

खानेपानी खानेपानी ट्याङकीको गणका गणपति सुरज थापाले उदघाटन गर्दै ट्याङकी निर्माणले सेना र नागरिक बिचको सम्बन्धलाई अझै सुमधुर बनाउन र पाल्पा घुम्न आउने पर्यटकलाई फाईदा पुग्ने बताउनु भयो ।

ट्याङकी निर्माण गोरखदलका गणका गणपति र सकलदर्जाको प्रयासमा करिब २ महिना लगाएर सम्पन्न भएको हो । तत्कालिन पाल्पाका तैनाथ वाला प्रताप शम्शेर जबराको पालामा बनेको कलधारालाई जीर्णेद्धार गरी पर्यटक र सर्वसाधारणलाई पिउने पानिको सहज व्यवास्था भएसँगै स्थानीय हर्षित भएका छन् ।

सेनाले तानसेन स्थित टुडिखेलमा पनि एक वर्ष अघि नै यस्तै प्रकारको खानेपानि ट्याङकीको निर्माण सम्पन्न गरि सकेको छ ।

प्रतिक्रिया दिनुहोस्