सुपर किंग्सको किंग्समाथि जित



नयाँ दिल्ली, (एजेन्सी)
जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नाई सुपर किंग्सले फेरि अर्को जित हात पारेको छ ।

शनिबार भएको खेलमा चेन्नाईले किंग्स इलेभेन पञ्जाबलाई २२ रनले हराएर आफुलाई सुपर किंग्स भएकोे सावित ग¥यो । पाँचौ चरणको खेलपछि सुपर किंग्सले चौथो जित हासिल गर्दा किंग्स इलेभेनले दोस्रो हार बेहोरेको छ । सुपर किंग्सले १ सय ६१ रनको लक्ष्य दिएकोमा किंग्स इलेभेन निर्धारित २० ओभरमा ५ विकेटको क्षेतिमा १ सय ३८ रनमै समेटिएको थियो । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सुपर किंग्सले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो ।

महेन्द्रसिंह धोनीको टोलीले शानदार शुरुवात लिएको थियो । शेन वाट्सन र फाफ डु प्लेसिसले पहिलो विकेटको लागि ७.२ ओभरमा ५६ रनको साझेदारी गरेका थिए । वाट्सन २६ रनमा आउट भए भने डु प्लेसिसले ३८ बलमा ५४ रन जोडेका थिए । उनी १३.३ ओभरमा आउट भएपछि शुरेस रैना १७ रनमा पवेलियन फर्केका थिए । यसपछि धोनीले २३ बलमा ३७ रन र अम्बाती रायडुले १५ बलमा २१ रन बनाएर टोलीलाई सुरक्षित योगफलमा पु¥याए । किंग्सका बलर रविचन्द्रन अश्विनले तीनै विकेट हात पारेका थिए ।

किंग्सका क्रिस गेलको पुनरागमनले पनि टोलीलाई जित दिलाउन सकेन । उनलाई व्यक्तिगत ५ रनमा हरभजन सिंहले आउट गरेका थिए । दोस्रो ओभरको पाँचौ बलमा गेललाई पवेलियन फर्काएका हरभजनले छैटो बलमा मायंक अग्रवाललाई पनि शिकार बनाए । दुई विकेट ७ रनका लागि गुमेपछि नै किंग्समाथि सुपर किंगको दवाव बढेको थियो । त्यसो त तेस्रो विकेटका लागि केएल राहुल र सरफराज खानले एक सय रन जोडेर ब्याटिङ उकासेका थिए । तर कुजेलिजनले राहुललाई ५५ रनमा र खानलाई अन्तिम ओभरमा ६७ रनमा आउट गर्दै सुपर किंग्सलाई जित दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्