सुजन च्याम्पियन



काठमाडौं, (नेस)
सुजन राईले मानभवन ब्याडमिन्टन क्लब अन्तर सदस्सीय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो उपाधि जितेका छन् ।

मानभवन नरपार्क्स्थित ब्याडमिन्टन कोर्टमा बिहिबार पुरुष एकल र युगलको उपाधि जित्दै सुजनले दोहोरो उपाधि हात पारेका हुन् । समूह ’ए’ को पुरुष एकलको फाइनलमा हेमन्त थेबलाई २१–१७ र २१–११ को सेटमा पराजित गर्दै सुजनले उपाधि जिते ।

यस्तै सुजनले राकेश भट्टराईसंग मिलेर समूह ’ए’ को पुरुष युगलतर्फको उपाधि जिते । सुजन र राकेशको जोडीले रञ्जित घतानी र सुबास लिम्बुको जोडीलाई २१–१८ र २१–१५ को सेटमा पराजित गरे ।

 

प्रतिक्रिया दिनुहोस्