नेपाली यु १९ टोली मलेसियातिर



काठमाडौं, (नेस)
मलेसियामा यही अप्रिल १२ देखि १८ तारिखसम्म हुने आईसीसी यु १९ विश्वकप क्रिकेटअन्तर्गत एशिया छनोटमा खेल्ने जाने नेपाली यु १९ क्रिकेट टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको छ ।

कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा रहेको टोलीका प्रमुख प्रशिक्षक विनोद दास रहेका छन् । नेपालसहित सो समूहमा ६ टोलीको सहभागिता छन् । जसमा शीर्ष स्थान आउने टोोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यु १९ एकदिवसीय विश्वकपमा खेल्न पाउनेछ । कप्तान रोहित र प्रशिक्षक विनोदले नेपाल छनोट हुनेमा विश्वास गरिएका छन् ।

नेपालले १२ अप्रिलमा सिंगापुरसँग खेल्नेछ । १३ अप्रिलमा यूएई र १५ अप्रिलमा आयोजक मलेसियासँग खेल्ने नेपालले यसपछि दुई खेल ओमान र कुवेतसँग खेल्नेछ । नेपाली टोलीमा रोहित, आशिफ शेख, भीम सार्की, सन्दीप जोरा, पवन शर्राफ जस्ता भरपर्दा खेलाडी हुनाले नेपालले विश्वकपमा छनोट हुने आसा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्