दोस्रो हारसँगै नेपाल बाहिरियो



काठमाडौं, (नेस)
नेपाली राष्ट्रिय महिला फुटबल टोेली फेरि भारतसँग हारेपछि टोकियो ओलम्पिक २०२० को एसिया छनोटअन्तर्गत दोस्रो चरणबाटै बाहिरिएको छ ।

शनिबार म्यानमारस्थित थिरी रंगशालामा भएको खेलमा भारतले नेपाललाई ३–१ गोलअन्तरले पराजित ग¥यो । हालै विराटनगरमा सम्पन्न पाँचौं साफ च्याम्पियनसिपको फाइनलमा पनि नेपाल भारतसँग सोही अन्तरले हारेको थियो । यो हारसँगै नेपालको अर्को चरण पुग्ने आशा तुहिएको छ । नेपाल पहिलो खेलमा आयोजक म्यानमारसँग ३–१ गोलअन्रतले नै पराजित भएको थियो । भारत भने लगातार दुई जितसँगै अर्को चरणमा पुग्न अग्रसर भएको छ । नेपालले अप्रिल ९ मा अन्तिम खेल इन्डोनेसियासँग खेल्नेछ ।

पुनम जर्घा मगरको आत्मघाती गोलसँगै नेपाल १–० गोलले पछि परेपछि नै दवावमा परेको थियो । कप्तान निरु थापाले एक मिनेटपछि नै गोल फर्काएर खेल बराबरीमा पु¥याएकी थिइन् । निरुको यो लगातार दुई खेलमा दोस्रो गोल थियो । ६०औं मिनेटमा संघिया रंगनाथनले कर्नर बललाई गोलको दिशा दिएपछि नेपाल फेरि २–१ ले पछि परेको थियो । ७९औं मिनेटमा तेस्रो गोल पेनाल्टीमार्फत् आशालता देवीले गरेकी थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्